बिहीबार, भदौ ११, २०८३

पर्सामा संक्रमितको घरघरमै निःशुल्क खाना

वीरगंजमा ‘सानो पाइला’ नामक संस्थाले कोरोना संक्रमितहरुको घरघरमै निःशुल्क खाना पुर्‍याउन सुरु गरेको छ। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

पर्सा- वीरगंजमा ‘सानो पाइला’ नामक संस्थाले कोरोना संक्रमितहरुको घरघरमै निःशुल्क खाना पुर्‍याउन सुरु गरेको छ। 

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डबमोजिम पौष्टिक खाना संक्रमितको साथै निषेध आदेशमा खाना पाउन मुस्किल परेका परिवारलाई उपलब्ध गराउने उद्देश्यले दिनको दुई पटक घरघरमा खाना पुर्‍याइरहेको संस्थाका सञ्चालन प्रमुख जय साहले बताए। 

पहिलो चरणको कोरोना महामारीमा सानो पाइलाले १ लाख ५ हजार ५४६ जना व्यक्तिलाई खाना खुवाएको थियो। साथै आइसोलेसन निर्माण गरेर संक्रमितहरुलाई निशुल्क रुपमा आइसोलेसन प्रदान गरेको थियो। 

दोस्रो चरणको महामारीमा वीरगंजमा प्रत्येक दिन संक्रमित तथा उपचार नपाएर मृत्युको संख्या बढ्दै गएपछि कतिपय संक्रमितको सबै परिवार नै खाना पकाउन र निषेध आदेशमा मगाउन नसक्ने अवस्थामा पुगेकाले यो अभियान सुरु गरिएको सांस्थाका प्रमुख साहले बताए।

पहिलोपटक वीरगंज र प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरुमा खाना खुवाउने र काठमाडौंमा समेत खाना खुवाउने योजना अगाडि बढाइएको उनले जानकारी दिए।

हाल वीरगंजका लागि मोबाइल नम्बर ९८२४२४४१३९ मा सम्पर्क गरी भनेको स्थानमा संस्थाका ८० जना भोलेन्टियरको सहयोगमा आज बिहानै २५० जना बढी परिवारलाई खाना खुवाइएको संस्थाले जनाएको छ। संस्थाले खानामा अण्डा, गेडागुडी, हप्तामा एकदिन मासु, फलफूल, विभिन्न तरकारी दिने जनाएको छ।

प्रकाशित: May 09, 2021| 10:05 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।