बिहीबार, भदौ ११, २०८३

खनाल-नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुँदै 

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन्। अहिले सिंहदरबारमा छलफल गर्न लागिएको सांसद झपट रावलले जानकारी दिए।

खनाल-नेपाल समूहको आजै स्थायी कमिटी बैठक पनि बसिरहेको छ। स्थायी कमिटी बैठकले सांसदहरुको सामूहिक राजीनामाबारे निर्णय गर्ने बताइएको छ।

हिजो सांसदहरुको बैठकले सामूहिक राजीनामा दिने निष्कर्ष निकालेको थियो।

यो पक्षका कतिपय सांसदले तत्काल राजीनामाले मात्रै निकास ननिस्कने प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन्। तर भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन संसदको विशेष बैठक बस्ने भएकाले त्यसअघि नै वार कि पार गर्ने तयारीमा खनाल-नेपाल पक्ष जुटेको छ।

प्रकाशित: May 09, 2021| 09:47 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।