सोमबार, चैत २, २०८२

मोदीले फेरि चिनियाँ राष्ट्रपतिसंग भेट्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अघि मात्रै चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्न लागेका हुन् ।

त्यतिवेला उनीहरुबीच भएको भेटवार्ताका क्रममा सीमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो।

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको हो। साङघाइ कोअप्रेसन अर्गनाइजेसनको अवसरमा भेट हुन लागेको हो।

उनीहरुबीच द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल हुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।