बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी : विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग गर्दै समावेदन

लुम्बिनी : विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग गर्दै समावेदन

लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरेको विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई विशेष अधिवेशनको माग गर्दै समावेदन दर्ता गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

बुुटवल– लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरेको विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई विशेष अधिवेशनको माग गर्दै समावेदन दर्ता गरेको छ। प्रदेश प्रमुख धर्मनाथ यादवलाई बहुमत सदस्यहरुले आफूहरुको गठबन्धन रहेको जनाउँदै विशेष अधिवेशनको माग गर्दै आइतबार दिउँसो २ बजे समावेदन दर्ता गरेका हुन्। 

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सहितका नेताहरुले प्रदेश प्रमुख कार्यालयमा समावेदन दर्ता गराएका हुन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आइतबार बिहान साढे ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

यसअघि वैशाख ६ गते चार दलीय गठबन्धनले मुुख्यमन्त्रीविरुद्ध अविश्वास दर्ता गरी विशेष अधिवेशन माग गरेकोमा वैशाख १९ को अधिवेशन नै नबसेर अन्त्य गराएको आरोप लगाउँदै नेकपा माओवादी केन्द्र लुम्बिनी ससंदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने दावीसहित विशेष अधिवेशन माग गरेका छन्।

मुख्यमन्त्री पोखरेलसँग बहुमत नरहेको उल्लेख गर्दै संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गर्न दलहरुले माग गरेका छन्। विपक्षी गठबन्धनले सभामुखबाहेक ४० सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

अवैध रुपमा मुख्यमन्त्री नियुक्ति भएको र बहुमत नै नभएकाले अविश्वासको प्रस्ताव पुनः दर्ता गरिएको नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री एवं प्रदेश सांसद सुदर्शन बरालले बताए। उनले अब संसदबाटै निकास खोज्नुपर्ने आफूहरुको माग रहेको बताए।

प्रदेशसभामा अहिले सभामुखसहित ७९ सदस्य छन्। माओवादीका २ र जसपाका ४ सांसदको पद निलम्बन भएको छ। यसैगरी २ सांसदको राजीनामासँगै ८ सांसद संख्या घटेर ७९ मा झरेको हो। एमालेसँग ३८ जनामात्रै सदस्य छन्।

प्रकाशित: May 09, 2021| 09:32 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।