बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालीमाटीमा व्यापार घट्यो, कोरोना संक्रमणको जोखिम कायमै

कालीमाटीमा व्यापार घट्यो, कोरोना संक्रमणको जोखिम कायमै

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले निषेध आदेश जारी गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले निषेध आदेश जारी गरेको छ।

गत १६ वैशाखदेखि निषेध आदेश जारी भए पनि अत्यावश्यक वस्तुको कारोबार तथा ओसारपसार भने यथावत छ। अत्यावश्यक वस्तु अर्थात् दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि सरकारले नै निश्चित समय तोकेर कारोबार गर्न आह्वान गरेको छ। यससँगै काठमाडौं उपत्यकाको ठूलो तरकारी बजार मालीमाटी फलफूल तथा तरकारी बजारमा समेत तरकारी तथा फलफूलको कारोबारका लागि निश्चित समय तोकिएको छ। 

समितिका कार्यकारी निर्देशक विनोद भट्टराईका अनुसार राति १ बजेदेखि बिहान ९ बजेसम्म कालीमाटी बजारबाट थोक तथा खुद्रा मूल्यमा तरकारी खरिद गर्न पाइन्छ। ‘यसअघि उक्त समय राति ३ बजेदेखि राखिएको थियो’ भट्टराई भन्छन्, ‘भिडभाड कम होस् र कोरोना सर्ने जोखिम नहोस् भनेर नै १ बजेदेखि गरेका हौं।’

तर, कोरोना सर्ने जोखिम भने कालीमाटीमा उस्तै देखिएको छ। सामान्य अवस्थाको तुलनामा भिडभाड कम देखिए पनि जोखिम उत्तिकै रहेको भट्टराई बताउँछन्।

‘हामीले मास्क नलगाई प्रवेश दिएका छैनौँ, स्यानिटाइनजर प्रयोग गर्न र दूरी कायम गर्न भनेर माइकिङ गरिराखेका छौं’ भट्टराई भन्छन्, ‘भन्नु र गर्नमा फरक धेरै छ। भौतिक दूरी चाँही त्यस्तै हो। त्यो सम्भवना पनि छैन।’ तुलनात्मक रुपमा भिडभाड कम भए पनि आफू सन्तुष्ट नरहेको भट्टराईको भनाइ छ।

यसअघि कालीमाटी फलफूल तथा तरकारी बजारमा भिडभाड कम गर्न सक्ने सम्भावनाका बारेमा अनुगमन गर्न सीसीएमसीमो टोली पनि गएको थियो। मास्क लगाउने र स्यानिटाइजर प्रयोग गर्नेबाहेक भौतिक दूरी कायम गर्ने सम्भावना नै नदेखेपछि बजार व्यवस्थापन समितिलाई जनचेतनाका लागि आह्वान गरिराख्न निर्देशन दिएर फर्कियो।

समितिका प्रवक्ता विनय श्रेष्ठ ठूलो बजार भएका कारण भौतिक दूरीको सम्भावना नदेखिएको बताउँछन्। ‘दूरीको सम्भावना त कसरी भन्नु? ‘५०० जना व्यवसायी, उनीहरुका सहयोगी, त्यसमा पनि किन्ने ग्राहकहरु, भरिया, मजदुरहरु पनि छन्’

श्रेष्ठ भन्छन्, ‘सकभर दूरी कायम गर्नुस्, दूरी कायम गरेर कारोबार गर्नुस्, स्वास्थ सुरक्षाका उपाय अवलम्बन गर्नुस् भनेर माइकिङमार्फत् निरन्तर भनिरहेका छौँ।’

तरकारीको कारोबारपछि हात धुन बजारभित्र ठाउँठाउँमा धारा राखेर पानीको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ। कोरोना संक्रमणको जोखिम कम गर्नका लागि सबैले आपसी दूरी पालना गर्नुपर्ने समितिका अधिकारीहरु बताउँछन्।

व्यापारमा कमी

कोरोनाको दोस्रो लहर फैलिएसँगै गरिएको निषेध आदेशका कारण व्यापारमा कमी आएको समितिका अधिकारीहरु बताउँछन्। समितिका कार्यकारी निर्देशक भट्टराई निषेध आदेशपछि धेरैले काठमाडौं छाडेका कारण व्यापारमा कमी आएको बताउँछन्। ‘मान्छेहरु पनि बाहिर गएका कारण उपभोक्ता कम भएको कारणले पनि हुन सक्छ बिक्री घटेको छ’ उनी भन्छन्, ‘पछिल्लो समय झण्डै आधाले व्यापारमा कमी आएको छ।’

उनका अनुसार सामान्य अवस्थामा ८ देखि ९ सय मेट्रिक टन तरकारीको बिक्री हुने गरेकामा अहिले ४ देखि ५०० मेट्रिक टन मात्रै हुने गरेको छ। समितिका प्रवक्ता श्रेष्ठका अनुसार बिक्री घटेकै कारण मालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिने तरकारीको परिमाणमा पनि कमी आएको छ। 

बिक्रीमा आएको कमीका कारण कालीमाटी फलफूल तथा तरकारीको मूल्यमा गिरावट आएको समितिका कार्यकारी निर्देशक भट्टराई बताउँछन्।

कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्यमा कमी आए पनि खुद्रा बजारमा भने उपभोक्तालाई खासै राहत भएको छैन।

प्रकाशित: May 09, 2021| 09:15 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।