बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले ब्युँताइदिने न्यायाधीशका दाजु लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

एमाले ब्युँताइदिने न्यायाधीशका दाजु लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन्।

संवैधानिक परिषद्को आइतबार बिहान बसेको बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

पूर्वसचिव माधव सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। कुमार रेग्मीकै इजलासले फागुन २३ गते नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् अवस्थामा फर्काउने फैसला गरेको थियो।

प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति दिएर नेकपा विभाजन गर्ने भाइको फैसलाको गुन तिर्न खोजेको टिप्पणीसमेत कतिपयले गरेका छन्। आजको बैठकले अरु रिक्त निकायमा पनि पदाधिकारी नियुक्त गरेको बताइएको छ। उनीहरुको नाम सार्वजनिक गरिएको छैन। आजको बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति भने अनुपस्थित थिए।

झापा गौरादह–३ का रेग्मीसँगै आयोग अध्यक्षका लागि अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना पनि प्रस्तावित थिए। नियुक्तिका लागि भने ओलीको गृहनगरका रेग्मी सिफारिस भएका छन्। कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको हो। 

रेग्मी लोकसेवा आयोगको सचिव भएर काम गरिसकेका छन्। उनले आयोगमा आठ वर्ष काम गरेका थिए। सचिवको रुपमा पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा आयोगबाटै रिटायर्ड भएका थिए।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारी संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ।

प्रकाशित: May 09, 2021| 09:07 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।