सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘तनावमुक्त हुन दिनभर नाच्थ्यौँ, झोलिलो कुरा बढी खान्थ्यौं’

Siddartha premir insuranceSiddartha premir insurance

‘तनावमुक्त हुन दिनभर नाच्थ्यौँ, झोलिलो कुरा बढी खान्थ्यौं’

सुर्खेत वीरेन्द्रगर-१२ का सुशील केसीलाई वैशाख ७ गते स्वास्थ्यमा समस्या आयो। ज्वरो आउने, टाउको र शरीर दुख्नेलगायतका लक्षण देखिए। 
 |  सोमबार, वैशाख २७, २०७८
nespernesper

देव राना

देव राना

सोमबार, वैशाख २७, २०७८

सुर्खेत - सुर्खेत वीरेन्द्रगर-१२ का सुशील केसीलाई वैशाख ७ गते स्वास्थ्यमा समस्या आयो। ज्वरो आउने, टाउको र शरीर दुख्नेलगायतका लक्षण देखिए। 

triton college

सुरुमा कुनै वास्ता गरेनन्। तर, दुई दिनसम्म पनि ज्वरो निको भएन। कतै कोरोना पो भयो कि ? उनले आशंका गरे। महामारीको बेला चेकजाँच नगराई घरमै बस्न ठीक ठानेनन्। 

वैशाख ९ गते कोरोना संक्रमण पुष्टि नै भयो। तर, उनी आत्तिएनन्। बरु समयमै चिकित्सको सल्लाह लिए। 

सुगर र प्रेसरको बिरामी भएका कारण प्रदेश अस्पतालमा भर्ना भए। एक हप्तामै कोरोना जिते। 

‘पोसिलो खाना, तातो पानी र अक्सिजन नै कोरोनाको औषधि रहेछ,’ उनले अनुभव सुनाउँदै भने, ‘पर्याप्त अक्सिजन र आत्मविश्वासले नै कोरोना जित्न सकिन्छ।’ चना, गेडागुडीको झोल र तातोपानीले कोरोनालाई जित्न सहज हुने उनको भनुभव छ।

Metro Mart
vianet

धनीराम यरी कोरोनामुक्त अर्का व्यक्ति हुन्। सल्यानको शारदा नगरपालिका–६ का उनलाई वैशाख १० गते संक्रमण पुष्टि भयो। 

रिपोर्ट आउँदा अवस्था गम्भीर थिएन। तर, ११ गते राति निकै असहज भयो। तुरुन्तै जिल्ला अस्पताल पुगे। १२ गते अस्पतालबाट डिस्चार्ज भए। तर, पनि अवस्था सहज भएन। 

स्वास्थ्य अवस्था बिग्रन थालेपछि प्रदेश अस्पताल सुर्खेतमा पुगे। ९ दिनपछि २३ गते कोरोना जितेर घर फर्किए।

‘अस्पताल पुर्‍याउँदा त अवस्था निकै गम्भीर भइसकेको थियो,’ उनका भाइ जीवन यरीले भने, ‘दाइलाई यति छिटै निको होला भन्ने लागेकै थिएन।’ 

धनीरामले पनि अब बाँचिएला भन्ने ठानेकै थिएनन्। ‘जिल्ला अस्पतालले रिफर गरिदिएपछि बाँचिन्न कि भन्ने लागेको थियो,’ धनिराम सुनाउँछन्, ‘अक्सिजन पाएपछि आधा रोग त त्यसै सन्चो भयो।’ पर्याप्त अक्सिजन, डाक्टरको हौसला, गेडागुडीको झोल र तातो पानी नै कोरोनाको औषधि भएको उनको अनुभव छ।

बलबहादुर थापाले कोरोनालाई भने फरक तरिकाले जिते। वैशाख १३ गते परिवारका सबै सदस्यलाई कोरोना भयो।

स–परिवार बिरामी पर्दा पनि हिम्मत हारेनन्। न अस्पताल पुगे। बरु डाक्टरको सल्लाहअनुसार सावधानी अपनाए। आत्मबल बढाए। गीत बजाएर नाचे र पेटभरि झोलिलो खानेकुरा खाएर कोरोना जिते। 

‘अस्पतालको भयावह अवस्था थियो, मरे घरमै मरौँला भन्ने ठान्यौँ तर हिम्मत हारेनौँ,’ बलबहादुरले सुनाए, ‘तनावमुक्त हुन दिनभर नाच्थ्यौँ र पेटभर खान्थ्यौँ।’

तातोपानी, माछामासुको झोल र आत्मबलले नै कोरोनाको जितेको बलबहादुरको अनुभव छ। 

सुशील, धनिराम र बलबहादुर मात्रै होइन। दोस्रो चरणको कारोना जित्नेहरू पनि धेरै छन्। कतिले अस्पतालबाट कोरोना जितेर फर्किएका छन् त कतिले घरमै आवश्यक सावधानी अपनाएर कोरोनालाई जितेका छन्।

प्रकाशित: May 10, 2021| 00:26 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।