शुक्रबार, कात्तिक २८, २०८२

‘देवदास’पछि शाहरुख र सन्जयलीला फेरि एकसाथ काम गर्दै

‘देवदास’ रिलिज भएको करिब एक दशकपछि शाहरुख र सन्जयबीच फेरि सहकार्य हुने चर्चा चलेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडाैं - अभिनेता शाहरुख खान र निर्देशक सन्जयलीला भन्सालीले सन् २००२ मा फिल्म ‘देवदास’मा एकसाथ काम गरेका थिए। त्यतिबेला फिल्मले बक्सअफिसमा रेकर्डमात्रै राखेन दर्जनौं अवार्ड पनि पायो। 

National life

त्यसपछि अहिलेसम्म शाहरुख-सन्जयको सहकार्य हुन सकेको थिएन। बेलाबखत खबरहरू नआएका होइनन्, तर पर्दामा त्यो पुष्टि हुन सकेन।

तर, ‘देवदास’ रिलिज भएको करिब एक दशकपछि शाहरुख र सन्जयबीच फेरि सहकार्य हुने चर्चा चलेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भन्सालीले आफ्नो आगामी फिल्म ‘इजहार’का लागि  प्रस्ताव गरेका छन्। खबरअनुसार भन्साली शाहरुखसँग यो फिल्म करिब चार वर्ष अघि नै गर्न चाहन्थे। तर, त्यतिबेला विविध कारणले सम्भव हुन सकेन। 

यो फिल्मको कथा सत्य घटनामा आधारित छ, जहाँ एउटा भारतीय युवा आफ्नो प्रेमिकालाई भेट्न साइकल चढेर नर्वे पुग्छ। यद्यपि याे फिल्मबारे आधिकारिक घोषणा हुने बाँकी नै छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 09, 2021| 07:01 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्