सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निफमा चलचित्र उद्योगमा रोजगारी तथा सामाजिक रुपान्तरण विषयक छलफल 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज (शुक्रबार) चलचित्र उद्योगले नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज (शुक्रबार) चलचित्र उद्योगले नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

triton college

जुममार्फत् गरिएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगतका हस्तीहरुसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए।

कार्यक्रममा वरिष्ठ कलाकार हरिबंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपी राइटको संरक्षण गर्नु पर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुको उचित  बीमाको व्यवस्था गर्ने आग्रह गरे। चलचित्रमार्फत् रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मौलिक कथाहरुको सिर्जना गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्नेलगायत विषयमा गहन अध्ययनबिना सुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्न सफल भएको बताए।

डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकास गरेको र श्रमिकहरुको क्रमिक रुपमा विकास भएको उनले बताए।

Metro Mart
vianet

यसैबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीहरुलाई दक्ष बनाउन एवं विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको बताए।

अध्यक्ष दाहाल भन्छन्, ‘राज्यले नै सीने योद्धाहरु तयार गर्नुपर्छ। चलचित्र निमार्णले मात्र रोजगारी सिर्जना गर्दैन तसर्थ सिनेमालाई पर्यटनसँग जोड्नु पर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनु पर्छ। समाजमा सिनेमा संस्कृतिको विकास गर्नुपर्छ, सिनेमाको बारेमा बहस गर्नु पर्छ। सिनेमामा नयाँ प्रविधि भित्र्याउन पूर्ण भन्सार छुट गर्नुपर्छ।’

उनले चलचित्र विकास बोर्डमा स्टोरी बैंकको अवधारण सुुरु भैसकेको  बताउँदै यो नितिगत रुपमा पास भैसको र चलचित्रमा केही समय कथामा लगानी र केही समय दक्ष प्राविधिक जनशक्तिमा लगानी राज्यले लगानी गर्नपर्ने बताए।
करपोरेट हाउसहरुलाई चलचित्रमा आकर्षण गराउन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ।

सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि डा. बिन्दा पाण्डेले नियम, कानुनहरु बाधा भएमा छलफलमार्फत् समाधान गर्न आफू तयार रहेको बताइन्।

विधेकमा समेत शंसोधन गरी समय अवस्थाअनुसार श्रमलाई रोजगारी, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको दायरामा ल्याउने, सामूहिक सौदाबाजी गर्ने, तथा मर्यादित श्रमसँग जोड्न आवश्यक रहेको बताइन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले निफको यो बहस कार्यक्रम अर्थपूर्ण रहेको र चलचित्र उधोगको रुपान्तरणमा विशेष महत्व राख्ने बताए।

स्वरोजगार, आत्मनिर्भर बनाउन चलचित्र उद्योग पनि महत्वपूर्ण गन्तव्य रहेको उनको भनाइ थियो। 
कार्यक्रममा कलाकार बसुन्धारा भुसाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेल, पूर्व सचिव चन्द्र घिमिरेलगायले धारण राखेका थिए।

प्रकाशित: May 07, 2021| 13:32 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्