आइतबार, भदौ २३, २०८१

nespernesper

कोरोना असर : यो वर्ष पनि पाटनमै कुहिने भयाे हिमाली हीरा

संक्रमण फैलिएपछि मुगु र डोल्पामा पनि निषेधाज्ञा छ। कोरोनाकै कारण यो वर्ष पनि हिमाली हीरा पाटनमै कुहिने भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

देव राना

देव राना

शुक्रबार, वैशाख २४, २०७८

सुर्खेत- हिमाली हीरा अर्थात् यार्सागुम्बा। हिमाली भेगमा बस्ने नागरिकको आयआर्जनको मुख्य स्रोत। कर्णालीका प्रदेशका मुगु र डोल्पावासीको जीवन धान्ने आधार।

triton college

हरेक वर्ष वैशाख, जेठमा त्यहाँका नागरिकलाई यार्सा टिप्न भ्याईनभ्याई हुन्छ। बालकदेखि वृद्धसम्मलाई यार्सा टिप्न पाटन पुग्छन्।

दुई वर्षअघिसम्म सिंगो गाउँ नै यतिबेला यार्सा टिप्न पाटन हुन्थे। विद्यार्थी यार्सा टिप्न गएपछि विद्यालयहरु बन्द हुन्थे। तर विगत दुई वर्षदेखि भने मुगु र डोल्पावासीले यार्सा टिप्न पाएका छैनन्। गत वर्ष कोरोना महामारीका कारण सिंगो मुलुक नै लकडाउन भयो।

लामो समय लकडाउन हुँदा यार्सा टिप्न पाइएन। स्थानीय प्रशासन, संघ र प्रदेश सरकारले यार्सा टिप्न प्रतिबन्ध लगाए। परिणामतः गत वर्ष हिमाली हीरा पाटनमै कुहियो।

गत वर्षकै जस्तो यो वर्ष कोरोना महामारी दोहोरिएको छ। यो वर्ष त झन् महामारी छिट्टै गाउँगाउँ पुग्यो। संक्रमण फैलिएपछि मुगु र डोल्पामा पनि निषेधाज्ञा छ।

Metro Mart
vianet

कोरोनाकै कारण यो वर्ष पनि हिमाली हीरा पाटनमै कुहिने भएको छ। बिहीबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो वर्ष पनि यार्सा संकलन खुल्ला गर्न नसकिने निष्कर्ष निकालेको छ। मुगु, म्याग्दी, मुस्ताङ, डोल्ला, जुम्ला, जाजरकोट, रुकुम पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यार्सा संकलन गर्न नसकिने निष्कर्ष निकालेको हो।

मुगुमा जुम्ला, हुम्ला र डोल्पामा जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम, म्याग्दी र मुस्ताङ्बाट समेत यार्सा संकलन गर्न जान्थे। ‘कोरोना संक्रमण दिनदिनै बढिरहेको छ, महामारीमा नागरिकको सुरक्षाभन्दा गर्नु नै सबैभन्दा उत्तम हुन्छ’ मुगुका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटी भने, ‘महामारीको अवस्थामा यार्सा संकलन खुला गर्न सकिन्न।’

यस्तै डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले पनि यो वर्ष यार्सा संकलन नखुल्ने बताए। ‘संक्रमण बढेपछि यार्सा संकलनमा प्रतिबन्ध लाग्ने सम्भावना छ’ उनले भने, ‘स्थानीयले जसरी पनि यार्सा संकलन गर्न पाउनुपर्ने माग गरेका छन्, तर हामी यार्सा संकलन खुला गर्ने पक्षमा छैनौँ।’ कोरोना महमारीको बेलामा यार्सा संकलनका लागि प्रशासनले सुरक्षा दिन नसक्ने उनले बताए।

यद्यपी जिल्ला समन्वय समितिका प्रमुखहरुले भने यार्सा संकलन खुला गर्नुपर्ने माग राख्दै आएका छन्। यार्सा संकलन खोल्ने विषयमा जिल्ला समन्वय समितिले निर्णय गर्दछ। समन्वय समितिको सर्वपक्षीय भेलाले जिल्लामा कहिलेदेखि यार्सा संकलन खोल्ने, प्रवेश शुल्क कति तोक्नेलगायतका निर्णय गर्दछ। समन्वय समितिको बैठकमा प्रमुख जिल्ला अधिकारीसमेत सदस्य रहन्छन्।

डोल्पामा यसअघिको बैठकले जेठ १० गतेदेखि यार्सा संकलन खुल्ला गर्नुपर्ने निर्णय गरेको थियो। तर कोरोना संक्रमण बढेपछि भने यार्सा संकलन खुल्ला गर्ने वा नगर्ने विषयमा निर्णय भएको छैन। कोरोना संक्रमण बढेपछि हाल डोल्पा र मुगुमासमेत निषेध आदेश छ।

 

प्रकाशित: May 07, 2021| 10:35 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।