सोमबार, असार २९, २०८३

का‌ंग्रेसमा गुट मिलाउन देउवाले थपे केन्द्रीय सदस्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय डा.  शशांक कोइराला र पूर्णबहादु खड्का तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मनाउन तीन महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। 

नेपाली कांग्रेसको विधान २०१७ बमोजिम महाधिवेशन भएको २ महिनाभित्र केन्द्रीय सदस्य मनोनित गर्नु पर्नेमा उनले २७ महिनापछि मनोनित गरेका छन्। १३ औं महाधिवेशनदेखि सभपाति देउवालाई सहयोग र समर्थन गर्दै आएको खुमबहादुर खड्का गुटको प्रभाव रहँदै आएको छ। खुमबहादुरकै गुटलाई मनाउन सभापति देउवाले महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका थिए। 

पार्टीको १३ औं महामधिवेशनमा आफूसँग प्रतिष्पर्धा गरेका रामचन्द्र पौडेल गुटलाई भने देउवाले बेवास्था गरेका छन्। हाल पौडेल गुटमा नरहेको बताउने निर्वाचित महामन्त्री कोइरालाले नाताले ज्वाईं पर्ने घर्तीलाई मनोनित गर्न सभपाति देउवालाई सिफारिस गरेका थिए।

१३ औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिष्पर्धा गरेका सिटौलाको गुटबाट केन्द्रीय सदस्यमा उठेर पराजित भएका हुमागाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

कांग्रेस केन्द्रीय कार्य समिति ८५ सदस्यीय हुने व्यवस्था अनुसार देउवाले पूर्वकेन्द्रीय सदस्य दीलबहादुर घर्ती, केन्द्रीय सदस्य स्वर्गीय खुमबहादुर खड्काकी पत्नी शीला शर्मा खड्का र पूर्वसांसद शिवप्रसाद हुमागाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। 

घर्तीलाई महामन्त्री कोईरालाले, खड्कालाई अर्का महामन्त्री खड्काले र हुमागाईंलाई पूर्वमहामन्त्री सिटौलाले सिफारिस गरेका हुन् । ८० जना केन्द्रीय सदस्य भएको केन्द्रीय कार्य समितिमा तीन जना थपिएसँगै अब एक जना मात्र केन्द्रीय सदस्य मनोनित हुन वाँकी छन्। केन्द्रीय सदस्य खड्का निर्वाचित भएकाले उनको स्वर्गारोहणपछि पनि उनको ठाउँ रिक्त रहन्छ। खड्काको १६ चैत २०७४ मा निधन भएको थियो।

गत असोज ३० गते कांग्रेसमा प्रवेस गरेका विजयकुमार गच्छदार आमन्त्रित केन्द्रीय सदस्य हुन भने बिधान बमोजिम अब एक जना दलित कोटाबाट मात्र मनोनित गर्न वाँकी छ । 

कम्तीमा १० बर्षसम्म कांग्रेसको क्रिया सदस्य भएकामध्येबाट मनोनित  गर्नुपर्ने पार्टीको बिधानको दफा २१ को  ‘ठ’ बमोजिम उनीहरुलाई नियुक्त गरिएको हो।
पार्टी सभापति देउवाले बिहीबार नै पार्टी विधानको दफा ४९ को उ पदफा १३ को ख बमोजिम दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् । 

२०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भएर सभामुखसम्म भएका दमननाथ ढुंगाना लामो समयदेखिको राजनीतिक निष्क्रियतासँगै गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर २ बाट उम्मेदवार भएका थिए। 

डंगोल पूर्वस्वास्थ्य राज्यमन्त्री र पूर्वसांसद हुन् । भट्ट राष्ट्रियसभाका पूर्व सदस्य हुन् । डंगोल काठमाडौं कांग्रेसका पूर्वजिल्ला सभापति हुन्। उनलाई सिटौलाले सिफारिस गरेको बुझिएको छ। पार्टी बिधान अनुसार सभापतिले क्रियाशिल सदस्यमध्येबाट ३० जनालाई र १० जनालाई महासमिति सदस्यमा मनोनित गर्ने व्यवस्था छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।