सोमबार, असार २९, २०८३

प्रदेश-२ मा १० महिनामा ३२८ को ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश-२ का नौ जिल्लामा पछिल्ला १० महिनामा भएका सवारी दुर्घटनामा परी तीन सय २८ जनाको ज्यान गएको छ । 

बारा पथलैयास्थित क्षेत्रीय ट्राफिक प्रहरीका अनुसार त्यस अवधिमा नौ सय ४३ वटा सवारी दुर्घटनामा परेका थिए । त्यसमा परी १५ सय २० जना घाइते भएका छन् । 

प्रदेश-२ मा हरेक वर्ष सडक दुर्घटनामा परी दुई सयभन्दा बढीको ज्यान जाने गरेको छ । तीन महिनाको तथ्यांक केलाउँदा पनि दुर्घटनाको दर बढ्दो क्रममा रहेको देख्न सकिन्छ । 

गत आर्थिक वर्ष ०७३/७४ मा भएका दुर्घटनाहरूमा परी दुई सय ५८ जनाको मृत्यु भएको थियो भने ६ सय पाँच जना घाइते भएका थिए । आव ०७२/७३ मा दुई सय सात जनाको मृत्यु र आठ सय ३१ घाइते भएका थिए ।

 क्षेत्रीय ट्राफिककी एसपी किरण बज्राचार्यका अनुसार प्रदेश-२ मा सबैभन्दा बढी दुर्घटना हुने जिल्ला सप्तरी हो । त्यसपछि सिरहा र धनुषामा यो दर बढी छ । 

पछिल्ला १० महिनामा सप्तरीमा दुई सय ८२, सिरहामा दुई सय १३ र धनुषामा एक सय ५० वटा दुर्घटना भएको छ । मोटरसाइकल पाँच सय ९२, कार, जिप एक सय ७९, ट्रक एक सय ३५ र बस एक सय नौ वटा दुर्घटनामा परेका छन् । 

अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही, मादकपदार्थ सेवन र तीव्र गति देखिएको एसपी बज्राचार्यले जानकारी दिइन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।