शुक्रबार, असार २६, २०८३

दर्शनले दिलाए धनगढीलाई शीर्षस्थानमा ३ अंकको अग्रता

जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काडमाडौं- जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ। धनगढी पोखरा थन्डर्सलाई १–० गोलले हराउँदै एनएसएलमा तीन खेल जित्ने पहिलो क्लब बनेको हो। साथै याे जितसँगै प्लेअफमा पुग्ने धनगढी पहिलाे टाेलीसमेत बनेकाे छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पोखराले केही दबाब बनाउँदै पोस्टमा लगातार सुट गरे पनि उसको कुनै प्रहार स्कोरमा बदलिन सकेन। तर पहिलो हाफमा धनगढीले एकमात्र प्रहार गर्न सकेको थियो।

यता पोखराको प्रहार भने कप्तान किरण चेम्जोङले निरन्तर बचाइरहे। तर खेलको दोस्रो हाफमा धनगढीले गोल गरेपछि पोखरा एक गोलले पछि पर्‍यो।

खेलको ६८ औं मिनेटमा दर्शन गुरुङले गोल गरेपछि धनगढीले खेलमा अग्रता बनाएको थियो। दर्शनले डिबक्स बाहिरबाट स्लो बल प्रहार गर्दै बललाई पोस्टको नेट चुमाएका थिए।

धनगढीले सो अग्रता बचाउँदै खेल जितेको थियो। आजको खेलमा पोखराले १७ बल प्रहार गर्दा ९ पटक पोस्टको दिशामा प्रहार गरेको थियो। यो धनगढीको तुलनामा निकै धेरै हो। जबकी धनगढीले मात्र तीन प्रहार गर्दा दुई बल पोस्टतर्फ प्रहार गरेको थियो।

त्यसैमध्येको एक प्रहार गोलमा परिणत भएको हो। र, यो जितसँगै धनगढीले एनएसएलको शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ। उसले १० अंक बनाउँदो दोस्रो स्थानको विराटनगरको सात अंक छ भने तेस्रो स्थानको काठमाडौंको पनि समान ७ अंक छ।

पोखरा भने पाँच अंकका साथ पाँचौ स्थानमा यथावत् छ। त्यस्तै छैटौं स्थानको ललितपुरको तीन अंक छ भने पुछारको चितवनको दुई अंक छ।

प्रकाशित: May 05, 2021| 14:20 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।