काठमाडौं- मन्त्रीसंगको खटपट बढेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजिनामा दिएका छन् । बिहान साढे ११ बजे खड्काले आफ्नो राजिनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई बुझाएका हुन् ।
विगत लामो समयदेखि आफू पदमा रहे पनि कुनै काम नभएको भन्दै राजिनामा दिएको उनले बताएका छन् । निगमको जग्गा खरिद प्रकरणमा मुछिएपछि उनलाई नौ महिना अघि मन्त्रालय तानिएको थियो ।
मन्त्रालयमा राखेर कुनै जिम्मेवारी नदिएको भन्दै उनले आपूर्ति मन्त्री यादवसंग असन्तुष्टि पोख्दै आएका थिए । पछिल्लो समय जिम्मेवारकिा विषयमा विवाद भएपछि उनले राजीनामा गरेको स्रोतले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४