बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चेल्सीविरुद्ध इतिहास रच्ने बाटोमा रियल, कस्तो थियो उनीहरुको पहिलेको भेट ?

चेल्सीविरुद्ध इतिहास रच्ने बाटोमा रियल, कस्तो थियो उनीहरुको पहिलेको भेट ?

चेल्सीको स्ट्याम्फर्ड ब्रिज रंगशालामा आज बुधबार राति पौने १ बजे स्पेनिस क्बल रियल मड्रिड र घरेलु क्लब चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगको सेमिफाइनल खेल्दैछन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– चेल्सीको स्ट्याम्फर्ड ब्रिज रंगशालामा आज बुधबार राति पौने १ बजे स्पेनिस क्बल रियल मड्रिड र घरेलु क्लब चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगको सेमिफाइनल खेल्दैछन्।

National life

यसै सिलसिलामा हिजो (मंगलबार) पाहुना टिम रियलका प्रशिक्षक जिनेदिन जिदानले स्क्वाड सार्वजनिक गरे। र, त्यो स्क्वाडमा साथै छन् सर्जियो रामोस र इडेन हजार्ड।

चोटबाट भर्खरै मात्र फर्किएका हजार्ड चेल्सीविरुद्ध २३ मिनेटमात्र मैदान उत्रन पाएका थिए। तर त्यो खेलको टिममा रामोस थिएनन्। कप्तान रामोसको उपस्थितिमा निकै बलियो देखिने रियलको डिफेन्समा उनी नभएपछि समर्थक दुःखी देखिएका थिए। जे होस्, त्यो खेल बराबरीमा रोकियो।

तर अहिले रामोस फर्किएका छन्। यससँगै रियलका समर्थकको खुसी पनि फर्किएको छ। रियलको मैदानमा निकै प्रतिस्पर्धात्मक बनेको पहिलो लेगको खेल बराबरीमा रोकिँदा दोस्रो लेगको खेल जित निकाल्दै फाइनल पुग्ने सम्भावना दुवै टिमका लागि उस्तै छ।

त्यसैले त दुवै टिमले आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर टिम सार्वजनिक गरेको छ। यस्तैमा चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि उस्तै टिम निर्माण गरेका छन्। उसका केइ हभाट्स, मेसन माउन्ट, एनगोलो कान्टे, थियागो सिल्वालगायतका खेलाडी कायम छन्।

Laxmi sunrise bank
kumari

साथै चेल्सीका खेलाडीमा चोटको समस्यामा पनि रियलको तुलनामा कम देखिन्छ। रियलको जस्तो झस्किनुपर्ने कारण चेल्सीका समर्थकलाई छैन। तर उनीहरुले जारी सिजनमा गरिरहेको प्रदर्शन हेर्दा लाग्छ– दुवै टिम अट्याकिङमा होइन, डिफेन्समा भर पर्नेछन्।
अट्याकिङमा कमजोर र डिफेन्समा बलिया टिमबीचको खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन गाह्रो पर्दैन।

च्याम्पियन्स लिगमा चेल्सीले रियल मड्रिडसँग यो पाँचौं भेट हो। उनीहरुले कप विनर्स कप १९७१ मा फाइनल खेलेका थिए। पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो भने दोस्रो खेल २–१ को नतिजाका साथ चेल्सीले जित निकालेको थियो।

त्यस्तै, १९९८ को सुपर कप फाइनलमा पनि चेल्सीसँग रियलले भेट गरेको थियो। त्यहाँ पनि चेल्सीले रियललाई हरायो। त्यसैले रियलको लागि चेल्सी यस्तो प्रतिस्पर्धी क्लब हो, जोसँग उसले जित निकालेको छैन।

विश्वकै सर्वाधिक महँगा खेलाडी किन्ने र तिनीहरुबाट निरन्तर उपाधि जितिरहने क्लबका लागि यस्तो प्रतिद्वन्दी निकै दुर्लभ हो। अनि सर्वाधिक लिग विजेता रियलविरुद्ध यो इतिहास रहनुले चेल्सी स्पेनिस क्लबविरुद्ध हाबी हुँदै आएको पुष्टि गर्छ। तर जारी सिजनमा चाहिँ दुवै टिम लयविहिन छन्।

रियलले लालिगाका पछिल्ला तीनमध्ये दुई खेलमा बराबरी र एकमा मात्र जित निकालेको छ। यता चेल्सीले एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई हराए पनि त्यसपछिका दुई खेलमा आशातित प्रदर्शन भने गरेको थिएन। तर पछिल्लो खेलमा भने फुलहामलाई २–० गोलले जितेको थियो।

देशको हिसाबमा यो १६४ औं इंग्लिस भर्सेस स्पेनिस टिमको खेल हो। दुई देशबीच यो सबैभन्दा धेरै नम्बरमा खेल हुने देशमा पर्छन्। त्यसैले यी दुई देशका टिमबीचको खेल खेलमा मात्र सीमित नभएर समर्थकको भावनासँग पनि जोडिएको छ।

नेपाली समयअनुसार आज राति पौने १ बजे मैदान उत्रँदै गर्दा रियललाई एउटा अनौठो अनुभूति रहनेछ कि रियलले पहिलो पटक चेल्सीको मैदानमा खेल्नेछ।

तर ऊ १३ पटकको च्याम्पियन्स लिग विजेता हो भने चेल्सीले आठौं पटक सेमिफाइनल खेल्दैछ।
 

प्रकाशित: May 05, 2021| 11:38 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।