मंगलबार, असार ३०, २०८३

नेकपासंग एकता हुँदैन: फाेरम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- नेकपासँग पार्टी एकता गर्न लागेको भनी सञ्चार माध्यममा आएको खबर भ्रामक भएको बताउँदै संघीय समाजवादी फोरमले आपत्ति जनाएको छ ।
 
बिहीबार विज्ञप्ति जारी गर्दै एकीकरणका लागि कुनै पार्टीसँग प्रयास नगरिएको र तत्काल कुनै सम्भावना पनि नरहेको जनाएको छ । एकताका विषयमा केही सञ्चार माध्यमले सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी लेखेको बताउँदै फोरमले असन्तुष्टि जनाएको छ । 

अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'तथ्यहीन ढंगले आइरहेका निराधार समाचारहरूमा कुनै सत्यता नरहेको सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं ।'

गत २१ वैशाखमा सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।