सोमबार, असार २९, २०८३

ओली र प्रचण्डलाई समान अधिकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नयाँ विधानले दुई अध्यक्षलाई समान अधिकार दिएको छ । तीन हप्ता लगाएर तयार पारिएको विधानमा  अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई समान अधिकार दिएको हो ।

एमाले र माओवादीको केन्द्रबीच एकीकरणपछि बनेको नेकपाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष ओली र प्रचण्डलाई जिम्मा दिएको थियो । त्यसअनुसार अध्यक्ष प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका नेकपाका एक नेताले जानकारी दिए।

पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने विधानमा उल्लेख गरिएको छ । पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने विधानमा उल्लेख गरिएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । 

विधानमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ । यसअघि निर्वाचन आयोगमा बुझाइएको राजनीतिक दस्तावेजमा प्रचण्डको नाम उल्लेख थिएन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।