आइतबार, वैशाख २७, २०८३

सञ्चारकर्मी ईश्वरी बरालले ल्याइन् ‘खानदानी छोरी’

सञ्चारकर्मीसमेत रहेकी गायिका ईश्वरी बरालले नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक गरेकी छन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं- सञ्चारकर्मीसमेत रहेकी गायिका ईश्वरी बरालले नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक गरेकी छन्।

National life

टुरिष्ट जंग बिकको शब्दमा राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीत रहेको छ। ‘खानदानी छोरी’मा मिस्टर आरजेको र्‍याप पनि छ। मिस्टर आरजेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन्।

गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तथा काजी दर्शनको अभिनय छ। म्युजिक भिडियोको निर्देशन सान थापाले गरेका हुन्। अर्जुन तिवारीको छायांकन रहेको गीतको कोरियोग्राफी राजी समरले गरेका हुन्।

गायिका बरालले यसअघि ‘नरिसाउन होइ’ लगायत गीत सार्वजनिक गरेकी छन्।

 

प्रकाशित: May 05, 2021| 08:25 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्