काठमाडौं– कुशल भुर्तेलका लागि पछिल्लो समय सम्पन्न नेपाल–नेदरल्यान्ड्स–मलेसिया सम्मिलित प्रतियोगिता फाइदाजनक रह्यो। उनले डेब्युसँगै लगातर तीन अन्तर्राष्ट्रियमा हाफ सेन्चुरीको कीर्तिमान राखे। र, खड्किएको नेपाली ओपनिङ ब्याटिङमा नवयुगको सुरुवात गरे।
बलिङले धेरै प्रशंसा पाउने नेपाली क्रिकेट माहोल अहिले ब्याटिङतिर फर्किएको छ। किनभने समर्थकले पत्याउनै नसक्ने गरी त्रिवि मैदानमा जुन चौका र छक्का बन्यो, त्यसले धेरैलाई लोभ्यायो।
प्यारापिटमा बस्न नपाए के भयो त ? कोभिडलाई बेवास्ता गर्दै समर्थक फाइनल हेर्न मैदानमा पुगेरै छोडे। त्यही खेलमा त हो कुशलले तीन छक्कासहित ११ बाउन्ड्री प्रहार गरेका।
तिनै युवा ब्याट्सम्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिस (आईसीसी) ले यो अफ्रिलको प्लेयर अफ दि मन्थमा मनोनयन गरेको छ।
यससँगै उनी पाकिस्तानका बाबर अजाम र फकर रहमानसँग प्रतिस्पर्धामा छन्। सर्वाधिक भोट ल्याउन सके उनी गत महिनाको प्लेयर अफ दि मन्थ बन्नेछन्।