मंगलबार, असार ३०, २०८३

हात्ती आतंक राेक्न हवाई फायर, १८ घर ध्वस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनुषा- हात्तीले धनुषाको मिथिला नगरपालिका–७ एकलेवरका १८ वटा घर भत्काएको छ । बुधबार राति करिब १ बजे तिर तीनवटा हात्ती गाउँ पसेर आतंक मच्चाएको हो ।

१८ वटा घर भत्काएपनि मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । हात्तीले घर भत्काउन थाले लगतै स्थानीयहरु घरबाट भागेर लुकेका थिए । हात्ती गाउँ पसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।

हात्तीले आतंक नियन्त्रण गर्न राती नै ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी परिचालित भएका थिए । हात्ती धपाउन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।