बिहीबार, माघ ८, २०८२

नेपाल सुपर लिगमा आज धनगढी र पोखरा भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पाँचौं चरणका खेल सुरु हुँदैछन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पाँचौं चरणका खेल सुरु हुँदैछन्।

National life

साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिमको धनगढी फुटबल क्लब र गण्डकीको पोखरा थन्डर्स प्रतिस्पर्धा गर्दैछन्।

आजको खेल दुवै टिमका लागि शीर्षस्थानमा जाने अवसरका रुपमा हुनेछ। सबै टिमको दुई मात्र खेल बाँकी रहँदा अब शीर्ष चारमा पुग्ने टिमको टुंगो लाग्न सुरु भएको छ। शीर्षस्थानका धनगढी, विराटनगर र काठमाडौंले सामान अंक बनाएर प्ले अफका लागि दाबेदारी प्रस्तुत गरेका छन्। त्यस्तै समान पाँच अंक भएका बुटबल लुम्बिनी र पोखरा पनि शीर्ष चारको प्रतिस्पर्धामा कायम छन्।

जारी पहिलो फुटबल फ्रेन्चाइज लिगमा शीर्ष चारको दौड निकै पेचिलो बन्दै गएको छ।

पेचिलो बन्दै गएका लिगको पाँचौ चरणको खेलमा पोखरा र धनगढी भिड्न लागेका हुन्। यो खेलले शीर्षस्थानमा जाने टिमको ढोका खोलिदिने देखिन्छ। किनभने आजको खेलमा जित निकाल्न सके धनगढीले शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने छ।

Laxmi sunrise bank
kumari

त्यस्तै पोखरा पनि आजको खेलमा जित निकाल्दै शीर्षस्थानमै जाने दाउमा हुनेछ। तर, उसले जित निकाल्न सके शीर्षस्थानमा एक अंकको अग्रता बनाउने छ। बराबरीको अवस्थामा भने धनगढी एक अंकको अग्रतासहित शीर्षस्थानमा जानेछ भने पोखरा चौथौ स्थानमा जानेछ।

यी दुवै क्लब पहिलो खेलमा हार बेहोरेर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका क्लब हुन्। त्यसैले आजको खेल निकै प्रतिस्प्र्धात्मक हुने देखिन्छ।

आजको खेलमा पोखराका नवयुग श्रेष्ठ र धनगढीका ओलावाले अफिज सबै दर्शकको नजरमा हुनेछन्। उत्कृष्ट फर्ममा रहेका फरवार्ड नवयुगले एक गोल गरेका छन्।

ओलावाले भने जारी नेपाल सुपर लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले चार खेलमा चार गोल गरेका छन्। 

प्रकाशित: May 05, 2021| 05:38 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।