शुक्रबार, असार २६, २०८३

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसीलाई समग्रमा ४–१ गोलअन्तरले हराउँदै प्रिमियर क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

कठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसीलाई समग्रमा ४–१ गोलअन्तरले हराउँदै प्रिमियर क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गत हप्ता २–१ गोलको जित निकालेको सिटीले मंगलबार राति सम्पन्न खेलमा २–० गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

म्यानचेस्टर इतिहाद रंगशालामा मंगलरबार राति भएको खेलमा रियाद महरेजले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

उनले नै दोस्रो हाफको ६३औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। त्यसअघि गत हप्ताको खेलमा केभिन डिब्रुन र रियाद महरेजले गोल गरेका थिए।

पहिलो लेगको खेलमा पीएसजीका माक्विन्होसले अग्रता बनाए पनि उसले अग्रता जोगाउन सकेको थिएन्।

यता गएरातिको खेलमा पीएसजीका केलियन एम्बाप्पे चोटका कारण खेल्न पाएका थिएनन्। त्यसमाथि खेलको ६९औं मिनेटम एन्जल डि मारियाले रातो कार्ड खाँदै बाहिरिएपछि पीएसजी थप दबाबमा आएको थियो।

खेल अवधिभर अतिकतम समय बलमा पकड बनाए पनि पीएसजीले गोल भने गर्न सकेन्।

यससँगै लगातार दोस्रो पटक लिगको फाइनलमा पुग्ने पीएसजीको सपनामा ब्रेक लाग्यो भने सिटीले ऐतिहासिक च्याम्पियन्स लिगको फाइनल यात्रा गरेको छ।

प्रकाशित: May 05, 2021| 00:52 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।