बिहीबार, माघ ८, २०८२

एनएसएलमा बुटवलको अपराजित यात्रा तोडियो

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीविरुद्ध जित निकालेको छ। सुरुवातदेखि नै आक्रामक खेलेको काठमाडौंले अपराजित बुटवललाई १–० गोलले हराएको हो। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीविरुद्ध जित निकालेको छ। सुरुवातदेखि नै आक्रामक खेलेको काठमाडौंले अपराजित बुटवललाई १–० गोलले हराएको हो। 

National life

खेलको चौथो मिनेटमा मेसुकेको दुई प्रहार पनि बचाएपछि काठमाडौं अग्रता बनाउनबाट चुकेको थियो। तर त्यसको एक मिनेटलगत्तै काठमाडौंका स्टेफेन बिनोङले वान टू वानको अवस्थामा गोल गरेका थिए। डिफेन्डर मानबहादुर परियारले बल क्लियर गर्न नसकेपछि गोलले गोललाइन पार गरेको थियो। 

खेलको पहिलो पाँच मिनेटमै काठमाडौंले पाँचवटा सुट प्रहार गरेको थियो। त्यसमा चार सुट पोस्टको दिशामा प्रहार गरे भने एक गोल पोस्टभित्र छिरेको थियो। फेरि खेलको सातौं मिनेटमा बुटवल लुम्बिनीले पेनाल्टी पाएको थियो। अट्याकिङमा रहेका बुटबलका खेलाडीलाई काठमाडौंका डिफेन्डर आशिष गुरुङले फल गरेपछि कबिन व्यन्जनकारले बुटवललाई पेनाल्टी अवार्ड गरेन। तर विलियम ओपाकुले पोस्टको बायाँ कर्नरमा प्रहार गरेको बल गोकिपर बिकेश कुथुले सेभ गरेसँगै बुटबल खेल बराबरी बनाउनबाट चुक्यो। 

एनएसएलको पहिलो प्रतियोगितामा अहिलेसम्म चार पेनाल्टी अवार्ड भएका छन्। त्यसमा एकमात्र पेनाल्टी गोलमा परिवर्तन भएका छन्। यसअघि ललितपुरले दुई पेनाल्टी मिस गरेको थियो पहिलो हाफको इन्ज्युरी समयमा संजोक राईले प्रहार गरेको बल रिबाउन्ड भएपछि सो रिबाउन्ड भएको बल आशिष राईले प्रहार गरे पनि पोलमा लागेको थियो। 

यससँगै काठमाडौंले पहिलो हाफमा अग्रता दोब्बर बनाउन सकेन। त्यस्तै, बुटवलका खेलाडीले केही राम्रा मुभहरु बनाए पनि त्यसलाई आफू अनुकूल गोलमा बदल्न भने सकेन। पहिलो हाफमा काठमाडौंले ११ प्रहार गर्दा ७ बल पोस्टको दिशामा प्रहार गरेको थियो। प्रतिस्पर्धी बुटवलले चार प्रहार गर्दा एकमात्र प्रहार पोस्टमा गरेको थियो।

Laxmi sunrise bank
kumari

त्यस्तै, दोस्रो हाफमा पनि काठमाडौंले दबाब बनाएपछि बुटवल लुम्बिनीले गोल फर्काउन सकेन र काठमाडौंले सुरुआति अग्रता जोगाउँदै जित निकाल्यो। खेलका क्रममा काठमाडौंले १९ प्रहार गर्दा सट अन टार्गेट ११ थियो। यता बुटवलले भने काठमाडौंको तुलनामा आधामात्र प्रहार गर्न सक्यो। यो जितसँगै काठमाडौंले ७ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता पाँच अंक बनाएको बुटवल एक स्थान झर्दै पाँचौ स्थानमा पुगेको छ।

प्रकाशित: May 04, 2021| 13:49 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।