सोमबार, असार २९, २०८३

समयमै काम नसक्ने ठेकेदार प्रहरी खोरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चौतारा- विभिन्न बहाना बनाई समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि मुढेसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएका सुनौलो खिम्ती जेभीका ठेकदार धर्मराज भण्डारीलाई आज चौताराबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।  खाडीचौरदेखि मुढेसम्मको २५ किमीको रु ३९ करोडमा मुख्य ठेकेदार भारतको सीमाञ्चल/गौरी पार्वती÷सुनौलो खिम्ती जेभीसँग ठेक्का सम्झौता थियो । 

खाडीचौरदेखि चरीकोटसम्मको ५५ किमी सडकको तीन मिटर कालोपत्रे सडकलाई सात मिटर चौडा गरी कालोपत्रका लागि भारतको एक्जिम बैंकको ऋण सहयोगमा सञ्चालन भएको थियो । दोस्रो खण्ड पर्ने मुढे–चरीकोट ३० किमी सडकका लागि भारतको सकिल हैदर÷गौरी पार्वती÷सुनौलो खिम्तीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो । 

पहिलो खण्डको गत मंसिरसम्म सम्पन्न हुनुपर्ने र दोस्रो खण्डको गत वैशाखमा सम्पन्न गरिसक्नुपर्नेमा दशैँपछिदेखि नै काम बन्द गरी काममा बाधा पु¥याएको भनी स्थानीयवासीले बेलाबेलामा आवाज उठाउँदै आएका थिए । 

स्वीस सरकारको सहयोगमा चार दशकअघि निर्मित खाडीचौर जिरीसम्मको ११० किमी सडक कृषि सडकका रुपमा निर्माण भएको थियो । हाल सडक ज्यादै साँघुरो भएपछि दुई वर्षअघिदेखि सडक सुधारको काम शुरु भएको थियो । 

सडक चौडा गर्ने र टेवा पर्खालको काम ९० प्रतिशत पूरा भए पनि दुवै खण्डको जम्मा काम ६० प्रतिशत मात्र भएको सडक सुधार तथा विकास आयोजनाअन्तर्गत लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाका प्रमुख केदार नेपालले जानकारी दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।