काठमाडौं- चीनको राजधानी बेइजिङस्थित दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ।
प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तुमध्ये एउटा हो– नेपालको श्रीपेच। श्रीपेच भन्नेबित्तिकै सबैले सम्झिन्छन्– तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक। प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालीन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ।
कान्तिपुर दैनिकका अनुसार ‘नेपालको श्रीपेच’ लेखेरै राखिए पनि यो ‘जेम्स एन्ड जेवल्स अफ इन्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षकमा प्रदर्शन गरिएको छ। नेपालको श्रीपेच भारतीय वस्तुको प्रदर्शनीमा कसरी समेटिन पुग्यो भन्नेमा कसैले चासो दिएको छैन। श्रीपेच सक्कली हो वा नक्कली भन्ने पनि यकिन छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४