बिहीबार, माघ ८, २०८२

एनएसएलमा अपराजित यात्रा कायम गर्ला बुटवल लुम्बिनीले ?

जारी नेपाल सुपर लिग (एनएसएल)मा अपराजित यात्रा कायम राख्ने एकमात्र टिम हो बुटवल लुम्बिनी। उसले आजको खेलमा उपाधि दावेदार मानिएको काठमाडौं रेजर्सको सामना गर्दैछ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– जारी नेपाल सुपर लिग (एनएसएल)मा अपराजित यात्रा कायम राख्ने एकमात्र टिम हो बुटवल लुम्बिनी। उसले आजको खेलमा उपाधि दावेदार मानिएको काठमाडौं रेजर्सको सामना गर्दैछ।

National life

प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको काठमाडौंलाई औसत तर दिगो किसिमको प्रदर्शन गरिरहेको बुटवल लुम्बिनी कठिन प्रतिद्वन्दी अवश्य हो। बुटवलको अपराजित यात्राले पनि उसका खेलाडीमा मनोबल बढाएको छ।

यता रणनीति बनाउनमा खप्पिस र राष्ट्रिय टिमसमेत सम्हालिसकेका प्रशिक्षक बालगोपाल महर्जनको टिम उत्तिकै सफल छ। यद्यपि उसले धनगढीसँग ३–० गोलको हार भने बेहोरिसकेको छ। त्यसपछि काठमाडौंले पोखरासँग गोलरहित बराबरी पनि खेलिसकेको छ। बुटवलले अहिलेसम्म तीन खेलमा एक जित र दुई बराबरी खेलिसकेको। सो खेलबाट उसले पाँच अंक बनाएको छ।

यदि आजको खेलमा जित निकाले बुटवल शीर्षस्थानमा जानेछ। यता काठमाडौंले तीन खेलबाट एक हार, एक जित र एक बराबरीसँगै चार अंक बनाएको छ।

उसले आजको खेलमा जित निकाल्न सके सात अंक बनाउने छ। साथै गोलअन्तरमा अघि आउन सके शीर्षस्थानमा जानेछ। र, खेल बराबरीमा रोकिए बुटवल लुम्बिनी चौथो र काठमाडौं छैटौं स्थानमा कायम रहनेछ। त्यसैले आजको जित दुवै टिमका लागि महत्वपूर्ण छ। यसले दुवै टिमलाई प्ले अफमा सरल यात्रा गर्नका लागि फाइदा हुनेछ।

Laxmi sunrise bank
kumari

आजको खेलमा बुटवलका विदेशी खेलाडी ओमोलाजा करिम र आशिष लामा केन्द्रमा रहनेछन्। त्यस्तै काठमाडौंका मेसुके ओलुमोउ पनि केन्द्रमा रहने छन्। उनीहरुले जारी लिगमा राम्रो प्रदर्शन गर्दै आइरहेका छन्।
 

प्रकाशित: May 04, 2021| 10:34 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।