आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका आठ जिल्लामा निषेध आदेश, चिकित्सकको जोड जनशक्ति र पूर्वाधारमा

nespernesper

कर्णालीका आठ जिल्लामा निषेध आदेश, चिकित्सकको जोड जनशक्ति र पूर्वाधारमा

मुगु, हुम्ला र डोल्पा लामो समयसम्म संक्रमणमुक्त थिए। तर कोरोनाको दोस्रो लहरबाट भने हिमाली जिल्ला पनि मुक्त हुन सकेनन्।
 |  मंगलबार, वैशाख २१, २०७८

देव राना

देव राना

मंगलबार, वैशाख २१, २०७८

सुर्खेत– कर्णाली भौगोलिक रुपले विकट छ। बस्तीहरु निकै टाढा–टाढा छन्। हिमाली जिल्लाहरु मुगु, हुम्ला र डोल्पामा त एउटा गाउँबाट अर्काे गाउँ जान घण्टौं लाग्छ। त्यहाँ शहरमा जस्तो आउ–जाउ हुँदैन। यही कारण ती जिल्लामा कोरोना संक्रमणको त्यति जोखिम छैन।

triton college

मुगु, हुम्ला र डोल्पा लामो समयसम्म संक्रमणमुक्त थिए। तर कोरोनाको दोस्रो लहरबाट भने हिमाली जिल्ला पनि मुक्त हुन सकेनन्। प्रदेशमा संक्रमण फैलिएको दुई हप्तामै हिमाली जिल्लामा पनि संक्रमण फैलिएको छ। हाल डोल्पामा ३२ जना, मुगुमा ५ जना र हुम्लामा ८ जना संक्रमति छन्। संक्रमण नियन्त्रण बाहिर जाने संकेत देखिएपछि मुगु र जुम्लाबाहेक कर्णालीका ८ जिल्लामा निषेध आदेश लागू भएको छ। संक्रमणदर उच्च भएपछि सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोटमा आंशिक निषेध आदेश लागू छ।

यस्तै, आज मंगलबार राति १२ बजेदेखि सुर्खेत, हुम्ला र डोल्पामा पनि निषेध आदेश लागू हुँदैछ। दैलेख र हुम्लामा २१ गते राति १२ बजेदेखि २८ गते राति १२ बजे र डोल्पामा २१ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेध आदेश लागू हुनेछ।

संक्रमण फैलिँदै जाँदा डाक्टरहरुले भने तत्काल जनशक्ति र पूर्वाधार थप गर्नुपर्ने बताएका छन्। ‘अहिलेको संक्रमण निकै जटिल छ। अधिकांशलाई अक्सिजन विना उपचार सम्भव छैन,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘अवस्था भयावह हुन नदिने तत्काल जनशक्ति व्यवस्थापन र पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ।’ संक्रमण नियन्त्रण गर्न सरकारले पूर्वाधार र जनशिक्त व्यवस्थापनमा लगानी बढाउनुपर्ने उनको सुझाव छ।

‘प्रदेशभरका अस्पतालले २०० संक्रमित पनि थेग्न गाह्रो हुन्छ। भएका पूर्वाधार भए पनि जनशक्ति अभावमा प्रयोगविहीन छन्,’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेल भन्छन्, ‘भएको पूर्वाधारको प्रयोग र जनशक्ति व्यवस्थापन नभए अवस्था नियन्त्रण बाहिर जान्छ।’ 

Metro Mart
vianet

जटिल प्रकृतिका संक्रमितको उपचारका लागि अस्पतालहरु तत्काल स्तरोन्नति गर्नुपर्ने उनको सुझाव छ। ‘जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट छैनन्,’ पौडेलले भने, ‘जिल्लामा दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चालन नभए अक्सिजन अभावकै कारण संक्रमितको ज्यान गुमाउनुपर्ने अवस्था आउँछ।’ अक्सिजन बिना जटिल प्रकृतिका संक्रमितको उपचार सम्भव नहुने बताउँदै उनले जिल्ला अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर र एचडीयू सेवा थप गर्नुपर्ने सुझाव दिए।

जटिल प्रकृतिका संक्रमित बढिरहेका कारण प्रदेशले तत्काल थप जनशक्ति आपूर्ति गर्नु नै बुद्धिमानी हुने उनको तर्क छ। ‘अहिलेको जनशक्तिले २०० हाराहारीका संक्रमितमात्र उपचार गर्न सम्भव छ,’ उनी भन्छन्, ‘आधा जनशक्ति संक्रमित हुनेबित्तिकै सेवा कटौती गर्नुपर्ने हुन्छ।’ उपचारमा सलग्न स्वास्थ्यकर्मीहरु नै संक्रमणको जोखिममा रहेका कारण जतिसक्यो छिटो थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। 

‘थोरै संक्रमित हुँदा त २४ घण्टा खटिनु परेको छ, संक्रमित बढ्दै गए र स्वास्थ्यकर्मी नै संक्रमित भए अवस्था के होला ?’ उनले थपे, ‘तत्काल संक्रमण रोकिने अवस्था छैन, विकराल अवस्था आउन नदिन पूर्व तयारी गर्नु नै बुद्धिमानी हुन्छ।’

प्रकाशित: May 04, 2021| 08:44 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।