शुक्रबार, कात्तिक २८, २०८२

ट्विटरबाट सस्पेन्ड हुनुअघि के लेखेकी थिइन् कंगनाले ? 

बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको छ। उनले लगातार विवादास्पद ट्विट गरेपछि एकाउन्ट सस्पेन्ड भएको हो।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको छ। उनले लगातार विवादास्पद ट्विट गरेपछि एकाउन्ट सस्पेन्ड भएको हो।

National life

सामाजिक सञ्जालमा कंगनाले पछिल्लो समय भारतमा भएको अक्सिजन अभावबारे ट्विट गरेकी थिइन्। अक्सिजन आपूर्तिको सन्दर्भमा गरेको उनको ट्विटलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोलसमेत बनाएका थिए।

उनले सोमबार तीन ट्विट गरेकी थिइन्। पहिलो ट्विटमा लेखेकी थिइन्– धेरैभन्दा धेरै अक्सिजन प्लान्ट बनाउन लागेका छन्। धेरै टन अक्सिजन आइरहेको छ। मलाई कसैले बाताइदेऊ– पर्यावरणबाट जवरजस्ती निकाल्दा उसको भरपाई कसले गरिदिन्छ ? लाग्छ, हामीले आफ्नै गल्ती र आपतबाट केही सिकेनौँ ।’ 

त्यसपछि उनले ह्यासट्यागमा प्लान्ट ट्री लेखेकी छन्। उनको दोस्रो ट्विट यस्तो थियो– मानिसका लागि धेरै भन्दा धेरै अक्सिजनको घोषणाका साथ सरकारले पर्यावरणका लागि पनि राहतको घोषणा गर्नुपर्छ। जो मानिसले यो अक्सिजन प्रयोग गर्छ, उनीहरुले हावालाई स्वच्छ बनाउने काम गर्ने प्रण गर्नुपर्छ। हामीले कहिलेसम्म यो पर्यावरणलाई केही नदिई लिइरहने ?’

उनले अन्तिम ट्विटमा लखेकी थिइन्– याद राखौं, धरतीबाट यदि कोही पनि अन्य जीवन गायब हुन्छन् त उनीहरुले माटोको गुणस्तर र धरती माताको स्वास्थ्यमा प्रभाव पर्छ। हामी त्यसलाई मिस गर्छौं। तर मानिस नै गायब हुने हो भने यो धर्ती सिर्फ फुल्छ, फल्छ। यदि तपाईं त्यसलाई माया गर्नुहुन्न भने उसको लागि तपाईं हुनुको आवश्यकता छैन।’
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2021| 08:05 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्