शुक्रबार, असार २६, २०८३

कोभिडको महामारी बढेसँगै आईपीएल स्थगित

कोभिड-१९ को महामारी बढेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं - कोभिड-१९ को महामारी बढेसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) स्थगित भएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गर्ने जानकारी दिएको हो।

त्यस्तै आईपीएलको अध्यक्ष ब्रिजेस पटेलले पनि आईपीएल स्थगित भएको जानकारी दिएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ। पटेलका अनुसार सबै फ्रेन्चाइज टिमको सुरक्षाका लागि यो कदम चालिएको हो।

आईपीएल अन्तर्गत आजको खेल सनराजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच थियो। तर हैदराबादका केही खेलाडीलाई पनि कोभिडको संक्रमण देखिएको छ। उनीहरुले आज दिल्ली रंगशालामा खेल्ने सेड्युल थियो।

त्यस्तै, हिजो सोमबारको खेलमा सहभागी कोलकाता नाइट राइडर्सका खेलाडीलाई कोभिडको संक्रमण देखिएपछि खेल स्थगित भएको थियो। कोलकाताका वरुण चक्रवर्ती र सन्दीप वासियरलाई कोभिड–१९ पोजेटिभ देखिएको थियो।

हिजो नै चेन्नईका तीन ननप्लेइङ मेम्बरमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो। जसमा चेन्नईका चेयरम्यान काशी विश्वनाथन पनि थिए। त्यसपछि उसले तोकिएको मितिमा चेन्नईले खेल्न नसक्ने खबर बीसीसीआईलाई पठाएको थियो। 

आईपीएलको बायो बबलमा बढ्दो मात्रामा कोभिडको संक्रमण देखिएपछि आईपीएल आधा सिजनमै स्थगित गरिएको हो। स्थगित भएको प्रतियोगिता पुनः कहिले सञ्चालनमा आउनेबारे भने बीसीसीआईले जानकारी दिएको छैन। र, उसले विदेशी खेलाडी र घरेलु खेलाडी बायो बबलमै रहने वा घर पठाउनेबारे पनि जानकारी दिएको छैन।
 

प्रकाशित: May 04, 2021| 08:00 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।