सोमबार, असार २९, २०८३

एमाले र माओवादी मिलेको २० दिनपछि दल दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगको नियमअनुसार सबै प्रक्रिया मिलेपछि आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

गत जेठ ३ गते दुवै पार्टी एक भएको घोषणा गरेका थिए। अरु पार्टीसँग नाम जुधेपछि दर्तामा केही ढिलाएको भएको थियो। सुरुमा नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्ने निर्णय भएकोमा अरुसँग जुधेपछि नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन बनाइएको थियो। त्यो झन्झटिलो हुने भन्दै अन्डरलाइन हटाएर कोष्ठमा नेकपा जोडिएको हो। महिला प्रतिनिधित्व जुटाउनका लागि केही दिन ढिला भएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।