सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपाले प्रदेश २ को सरकारलार्इ दिएको समर्थन फिर्ता लिने 

राजपाले प्रदेश २ को सरकारलार्इ दिएको समर्थन फिर्ता लिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नम्बर दुर्इमा संघीय समाजवादी फोरम नेतृत्वको सरकारलार्इ दिएको समर्थन फिर्ता लिने भएको छ । 

सत्ता साझेदार दल राजपासँग कुनै सल्लाह नै नगरी फोरम संघीय सरकारमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा सहभागी भएपछि संकटमा परेको राजपाले सर्मथन फिर्ता लिने निष्कर्षमा पुगेको राजापाका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले बताए ।

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पारे। 

पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको भनाइ छ।

‘झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटक-पटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं’,' महासचिव सुमनले भने। 

उनले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप समेत लगाए। रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।