सोमबार, चैत ९, २०८२

शिक्षामन्त्रीलाई शिक्षक महासंघको ३४ बुँदे मागपत्र

महासंघले यसअघि सरकारसँग भएको ३० बुँदे सम्झौता कार्यान्वयनमा मन्त्रीलाई ध्यानाकर्षण गराएको छ। यसअघिका सहमति कार्यान्वयन गर्न, बालविकासका शिक्षकको तलब बढाउन, स्थायी/राहत/अस्थायी/करार/प्राविधिकलगायतका शिक्षकको न्यायोचित माग पूरा गर्न माग गरेको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ३४ बुँदे मागपत्र बुझाएको छ। सोमबार महासंघ प्रतिनिधिले शिक्षामन्त्रीलाई भेटेर मागपत्र बुझाएका हुन्। 

National life

महासंघले यसअघि सरकारसँग भएको ३० बुँदे सम्झौता कार्यान्वयनमा मन्त्रीलाई ध्यानाकर्षण गराएको छ। यसअघिका सहमति कार्यान्वयन गर्न, बालविकासका शिक्षकको तलब बढाउन, स्थायी/राहत/अस्थायी/करार/प्राविधिकलगायतका शिक्षकको न्यायोचित माग पूरा गर्न माग गरेको छ। 

शिक्षक–कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन, कोभिड संक्रमित शिक्षक–कर्मचारीका लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्न, संस्थागत विद्यालयमा भएको शिक्षक–कर्मचारी निष्कासन रोक्नुपर्ने माग गरेको छ।

आन्तरिक परीक्षाबाट बर्गिमनमा परेका अस्थायी शिक्षकहरुको समेत समस्या समाधान नभएको हुँदा गोल्डेन ह्यान्डसेकको लागि निवदेन दिएका कतिपय शिक्षकका समस्या समाधान गर्न पनि मन्त्रालयसँग माग गरिएको छ। 

महासंघले बुझाएको मागपत्रमा विद्यालय शिक्षाको विकासका लागि संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था, संवैधानिक शिक्षा सेवा अयोगको स्थापना, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार हुनुपर्ने सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐनमा एकरुपता हुनुपर्नेलगायतका माग राखेको छ।

Laxmi sunrise bank
kumari

महासंघको विरोधपत्र यस्तो छ-

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित: May 03, 2021| 14:40 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्