सोमबार, असार २९, २०८३

संसद्‌भित्रै मञ्‍जुले सांसद् कमललाई झापड हानिन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ का नेकपाका एक सांसदले आफ्नै दलको सांसदलाई झापड हानेका छन् । 

मंगलबार प्रदेशसभाको बैठक सकिए लगतै संसदीय दलको कार्यालयमा बसेको बैठकमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषा १ (क) बाट निर्वाचित सांसद किशोरी साह कमललाई झापड प्रहार गरेको हो ।

दलको कार्यालयमा योजना टाइप गर्ने विषयमा विवाद हुँदा यादवले आफ्नै पार्टीका सांसद साहलाई झापड हानेका थिइन । कम्युटर अपरेटरसँग सांसद यादवको विवाद भइरहँदा सांसद साहले प्रतिवाद गरेका थिए । सोहि क्रममा यादवले सांसद साह माथि झापड हानेको बताइएको छ ।

यद्यपी सांसद यादवले सामान्य विवाद मात्र भएपनि झापड भने नहानेको प्रतिक्रिया दिएकी छिन् । नेपाल समयसँग कुरा गर्दै सांसद यादवले मान सम्मान र स्वभिमानको साम्मुने पैसाको बढी महत्व नरेहेको भन्दै घुमाउरो प्रतिक्रिया दिएकी छिन् । यस विषयमा सांसद साहको प्रतिक्रिया लिने प्रयासगर्दा उनको फोन उठेन ।

यता घटना भएको बेला संसदीय दलको कार्यालयमै उपस्थित तत्कालीन नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले सांसद यादवको मानसिक स्थिति बिग्रेको प्रतिक्रिया दिए । सांसद यादव अनुशासनमा बस्न नमानेर अराजक बन्ने प्रयास गरेको बताएपनि मण्डलले हातपात नभएको दाबी गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।