बिहीबार, फागुन २८, २०८२

विवाहको २७ वर्षपछि छुट्टियो बिल गेट्स दम्पती

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्दा गेट्सले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्यको घोषणा गरेका छन्।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्दा गेट्सले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्यको घोषणा गरेका छन्। ‘हामीलाई विश्वास हुन छोडेको छ। त्यसैले हामीले जीवनको यो मोडमा सम्बन्धलाई अन्य गर्ने घोषणा गरेका छौं,’ उनीहरूले वक्तव्य जारी गर्दै भनेका छन्।

National life

निकै सोचबिचार गरी वैवाहिक जीवन अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरूले ट्वीटरमा उल्लेख गरेका छन्। 

उनीहरूले एउटा फाउन्डेशनको पनि स्थापना गरेका छन्। जसले विश्वभरका मानिसको स्वास्थ्य तथा जीवन उकास्ने काम गर्दै आएको थियो। उनीहरूले फाउन्डेशनको काम भने मिलेर गर्ने बताएका छन्। 

फाउण्डेसनले हालै मात्र बालबालिकालाई संक्रामक रोगबाट बचाउन खोप अभियानका लागि अर्बौं डलर सहयोग गरेको थियो। 

यो जोडीको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो, जतिबेला मेलिन्दाले माइक्रोसफ्टमा जागिर सुरु गरेकी थिइन्। उनीहरूका तीन सन्तान छन्।

Laxmi sunrise bank
kumari

फोब्र्स म्यागाजिनका अनुसार गेट्स विश्वका चौथो धनी व्यक्ति हुन्। उनीसँग १ सय २४ विलियन अमेरिकी डलर सम्पत्ती छ।

प्रकाशित: May 04, 2021| 01:58 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।