मंगलबार, साउन १९, २०८३

कोरोनाबाट जोगिन मुटु रोगीले के गर्ने?

नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। कोरोना मुटु रोगीका लागि झनै जोखिमपूर्ण हुन्छ। कोरोना संक्रमितलाई हृदयघात हुने ठूलो जोखिम हुन्छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। कोरोना मुटु रोगीका लागि झनै जोखिमपूर्ण हुन्छ। कोरोना संक्रमितलाई हृदयघात हुने ठूलो जोखिम हुन्छ।

कोरोना कहरमा मानिस आत्तिने गर्छन्। संक्रमणको जोखिम र मृत्युका खबरले मानिस आत्तिने गर्छन्। जसले हृदयघातको जोखिम बढ्छ।

मानिसले सधै आफ्नो दिनाचार्यलाई व्यवस्थित राख्नुपर्छ। खानेकुरामा मुटुलाई स्वस्थ राख्ने खानेकुराको प्रयोग गर्नुपर्छ। 

लसुनले आफ्नो मुटुलाई फाइँदा पुगाउँछ। लसुनका पोटालाई तेलमा फ्राइगरेर खान सकिन्छ। गर्मी मौसममा त्यसरी खान सकिँदैन भने चटनीको रुपमा पनि लसुनको सेवन गर्न सकिन्छ। तरकारीमा त अनिवार्य रुपमा लसुनको प्रयोग गर्नै पर्छ।

लसुनले रक्तचाप, प्लेटलेटमा सीरम ट्रायग्लिसराइड र कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्न निकै प्रभावशाली हुन्छ। त्यसैले कुनै न कुनै रुपमा यसको सेवन गर्नुपर्छ।

दाल तथा राजमाको सेवन पनि अतिआवश्यक छ। यिनमा थुप्रै पोषक तत्व हुन्छ। भिटामिनका साथै यिनको सेवनले शरीरमा फाइबर, आइरन, भिटामिसन-ई, म्याग्निशियम, एन्टी अक्सिडेन्ट पाइन्छ। यसको सेवनले रक्तचाप नियन्त्रण हुन्छ। यसका साथै अक्सिजन लेवन पनि बढ्छ। जसले मुटु स्वस्थ रहन्छ।

पालंग तथा बन्दगोभीको सेवन पनि मुटुका लागि दाभदायक हुन्छ। गर्मीमा बन्दगोभी सहजै पाइन्छ। मुटु सम्बन्धि समस्या भएकाहरूका लागि यसको सेवन अनिवार्य हुन्छ। यसमा क्याल्शियम, पोटेशियम, म्याग्नेशियम आदि पाइन्छ। यसमा क्यालोरी पनि भरपुर हुन्छ। त्यसैले यसले मुटुलाई स्वस्थ राख्छ।

प्रकाशित: May 04, 2021| 01:22 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्