सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनप्रतिनिधिको सेवासुविधा तोकियो, वडा सदस्यले ५ हजार पाउने  

जनप्रतिनिधिको सेवासुविधा तोकियो, वडा सदस्यले ५ हजार पाउने  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- प्रदेश नम्बर ७ का स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तोकिएको छ । 

बुधबार बसेको प्रदेश ७ को प्रदेशसभा बैठकले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयक स्वीकृती गरेको हो । विधेयक पास भएसँगै प्रदेश ७ का स्थानीय तहका सबै जनप्रतिनिधिहरुले तलब सुविधा पाउने भएका छन् । 
    
जस अन्तर्गत सबैभन्दा धेरै जिल्ला समन्वय समिति (जिसस) का प्रमुख मासिक ४० हजार ५ सय र सबैभन्दा कम गाउँपालिका वडा सदस्यले  ५ हजार तलब पाउने भएका छन् ।

यस्तै जिल्ला समन्वय समितिका उप प्रमुख ३५ हजार ५ सय तथा जिसस सदस्यले ११ हजार तलब पाउने छन् । यस्तै नगरपालिका प्रमुखले ३५ हजार उपप्रमुखले ३० हजार, वडा अध्यक्षले २२ हजार, कार्यपालिका सदस्यले ९ हजार र वडा सदस्यले ६ हजार तलब पाउने छन् । 

यस्तै गाउँपालिकाका अध्यक्षले ३० हजार, उपाध्यक्षले २५ हजार, वडा अध्यक्षदले २० हजार तथा कार्यपालिका सदस्यले ८ हजा तलब पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।