बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सन्तोष र मान्जीले विराटनगरलाई पुर्‍याए सुपर लिगको शीर्षस्थानमा

सन्तोष र मान्जीले विराटनगरलाई पुर्‍याए सुपर लिगको शीर्षस्थानमा

पेड्रो मान्जी र सन्तोष तमाङले समान १–१ गोल गरेपछि विराटनगर सिटी फुटबल क्लबले चितवन फुटबल क्लबविरुद्ध जित निकालेको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- पेड्रो मान्जी र सन्तोष तमाङले समान १–१ गोल गरेपछि विराटनगर सिटी फुटबल क्लबले चितवन फुटबल क्लबविरुद्ध जित निकालेको छ। 

National life

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा विराटनगरले चितवनलाई २-० गोलले हराउँदै जित निकालेको हो। 

यो जितसँगै विराटनगरले ७ अंक बनाएको छ। समान ७ अंक बनाएको धनगढी फुटबल क्लबसँग हेड टू हेडमा अघि रहँदै विराटनगर शीर्षस्थानमा उक्लिएको हो।

खेलको पहिलो हफमा विराटनगरले दबाब बनाउँदै ८ वटा प्रहार गरेको थियो। तर प्रहार गरिएकामध्ये एक गोलले पनि पोस्टको दिशा लिन सकने।

चितवनका तर्फबाट दुई प्रहरा नै पोस्टतर्फ गएका थिए। तर दुवै टिमका गोलकिपरले बल बचाएपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमो पनि विराटनगरले दबाब बनाउने कामय जारी राख्यो। 

Laxmi sunrise bank
kumari

खेलको त्यस्तै सिलसिला चल्दै गर्दा ७३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए। त्यसपछि आक्रामक बनेको चितवनले केही राम्रा मुभहरु बनाए पनि उसले गोल गर्न भने सकेन।

खेलको सात मिनेट बाँकी रहँदा चितवनको जर्ज प्रिन्स कार्कीले किपरलाई छक्याएर गरेको प्रहार पनि पोस्ट नजिर्कबाट बाहिरिएको थियो। यससँगै कार्कीले बललाई पुरा नियन्त्रण बनाएको अवस्थामा गोलको अवसर गुमाएका थिए। 

बरु खेलको ८९ औं मिनेटमा विराटनगरका तामाङले डी बक्स बाहिरबाट गोल गर्दै विराटनगरलाई अन्तिम समयमा दुई गोलको अग्रता दिलाए। 

त्यसपछि हतोत्साहित भएको चितवनमाथि दबाब बनाउँदै विराटनगरले जित निकाल्यो। यो हारसँगै चितवन तालिकाको पुछारमा कायम छ। 

उसले चार खेलबाट दुई अंक मात्र बनाएको छ। गणितीय हिसाबले उसको प्ले अफमा पुग्ने अवसर रहे पनि दुई मात्र खेल बाँकी रहेकाले उसले अवसर लिग समूह चरणमै सक्ने लक्षण देखाइसकेको छ। अब उसलाई लिगमा पुनरागमन गर्न निकै गाह्रो हुनेछ।

प्रकाशित: May 03, 2021| 13:59 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।