सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट अघि सुझाव संकलनः कृषि, पर्यटन र नदी नियन्त्रणमा जोड

बजेट अघि सुझाव संकलनः कृषि, पर्यटन र नदी नियन्त्रणमा जोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- असार पहिलो साता आगामी आर्थिक वर्ष २०७-२०७६ को बजेट ल्याउने तयारी गरेको प्रदेश २ को सरकारले सांसदहरुबाट सुझाव संकलन गरेको छ । 

प्राथमिकतामा पर्ने योजना तथा कार्यक्रमहरुको विषयमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार सुझाव संकलन गरेको हो । जसमा कृषि, पर्यटन तथा नदी नियन्त्रणमा जोड दिइएको छ । 

मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, जनप्रतिनिधि र स्थानीय तहका प्रशासकीय प्रमुखहरुसँग बजेटमा समावेश गर्न सकिने महत्वपूर्ण योजना तथा कार्यक्रमहरु संकलन गरेको छ।

सुझाव संकलन छलफलमा सहभागी तीनै जिल्लाका सांसदहरुले कृषि, शिक्षा, पर्यटन तथा नदी नियन्त्रणतर्फ पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।
धनुषाबाट कृषि, खानेपानी, पक्की सडक, विद्युत, स्वास्थ्य, नदी नियन्त्रण, शिक्षा, पर्यटन तथा खेलकुद मैदानको व्यवस्था बजेटमा समावेश गर्न सुझाव दिइएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामसरोज यादवले बताए ।

त्यसैगरी महोत्तरीका सांसदहरुले पनि कृषि, सिचाईं, बिउ भण्डारण र कोल्ड स्टोरको व्यवस्था गर्न बजेटमा विशेष रकम छुट्याउन माग गरेका छन् । सीपमूलक शिक्षा, स्वास्थ्य क्षेत्रको नियमित अनुगमन, रोजगारमुखी कार्यक्रम बजेटमा समावेश गर्न उनीहरुको सुझाव थियो ।

सर्लाहीका सांसदहरुले नदी नियन्त्रणमा बजेट विनियोजनको माग गर्दै बागमती, लखन्देही, बाँके लगायतका नदीहरुमा बाँध निर्माणतर्फ ध्यान दिन सुझाव दिए । बिहिबार नीति तथा कार्यक्रम ल्याउन तयारी गरेको प्रदेश सरकारले २५ अर्बको बजेट तर्जुमा गरेको बताइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।