काठमाडौं- चेन्नई सुपर किंग्सका तीन सदस्यलाई कोभिड–१९ को संक्रमण देखिएको छ।
सीएसकेका मुख्य कार्यकारी काशी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बस सफाइ गर्ने कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको हो।
त्यस्तै दिल्लीमा रहेको आईपीएलको टिमका बाँकी खेलाडी र अफिसियललाई भने कोभिड नेगेटिभ देखिएको छ। हिजो आइतबार गरिएको परीक्षणमा उनीहरुलाई कोभिड पोजेटिभ पाइएको हो।
यससँगै फल्स पोजेटभ हुनसक्ने शंका गर्दै पोजेटिभ देखिएका तीनै खेलाडीले आज पुनः टेस्ट गराएका छन्। यदि उनीहरुको अर्को टेस्ट पनि पोजेटिभ आए उनीहरुले १० दिन आइसोलेसनमा बस्नुपर्ने छ।
यसअघि कोलकत्ता नाइट राइडर्सका दुई खेलाडीलाई कोभिड–१९ को संक्रमण देखिएकाले उनीहरु अहिले आइसोलेसनमा छन्। खेलअघि पनि केही खेलाडीलाई कोभिडको संक्रमण देखिएको थियो।
बैंगलोरका देवदत्त पडिक्कललगातय केही खेलाडीलाई कोभिड देखिएपछि उनीहरुले आईपीएल सुरु हुँदा खेल गुमाएका थिए। तर त्यसपछि मुम्बई र चेन्नईमा भएका खेलाहरुमा कुनै खेलाडी र स्टाफलाई कोभिड देखिएको थिएन।
अहिले भेन्यु अहमदाबाद र दिल्लीमा सरेपछि भने खेलाडी र स्टाफलाई कोभिड देखिन सुरु भएको हो।