शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलमा कोराना कहर : कोलकत्तापछि चेन्नईका स्टाफमा पनि संक्रमण पुष्टि

आईपीएलमा कोराना कहर : कोलकत्तापछि चेन्नईका स्टाफमा पनि संक्रमण पुष्टि

चेन्नई सुपर किंग्सका तीन सदस्यलाई कोभिड–१९ को संक्रमण देखिएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- चेन्नई सुपर किंग्सका तीन सदस्यलाई कोभिड–१९ को संक्रमण देखिएको छ। 

सीएसकेका मुख्य कार्यकारी काशी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बस सफाइ गर्ने कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको हो। 

त्यस्तै दिल्लीमा रहेको आईपीएलको टिमका बाँकी खेलाडी र अफिसियललाई भने कोभिड नेगेटिभ देखिएको छ। हिजो आइतबार गरिएको परीक्षणमा उनीहरुलाई कोभिड पोजेटिभ पाइएको हो।

यससँगै फल्स पोजेटभ हुनसक्ने शंका गर्दै पोजेटिभ देखिएका तीनै खेलाडीले आज पुनः टेस्ट गराएका छन्। यदि उनीहरुको अर्को टेस्ट पनि पोजेटिभ आए उनीहरुले १० दिन आइसोलेसनमा बस्नुपर्ने छ। 

यसअघि कोलकत्ता नाइट राइडर्सका दुई खेलाडीलाई कोभिड–१९ को संक्रमण देखिएकाले उनीहरु अहिले आइसोलेसनमा छन्। खेलअघि पनि केही खेलाडीलाई कोभिडको संक्रमण देखिएको थियो।

बैंगलोरका देवदत्त पडिक्कललगातय केही खेलाडीलाई कोभिड देखिएपछि उनीहरुले आईपीएल सुरु हुँदा खेल गुमाएका थिए। तर त्यसपछि मुम्बई र चेन्नईमा भएका खेलाहरुमा कुनै खेलाडी र स्टाफलाई कोभिड देखिएको थिएन। 

अहिले भेन्यु अहमदाबाद र दिल्लीमा सरेपछि भने खेलाडी र स्टाफलाई कोभिड देखिन सुरु भएको हो।

प्रकाशित: May 03, 2021| 11:46 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।