उदयपुर- लागूअौषधसहित दुई नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको चुरे जंगलबाट त्रियुगा-१२ का १४ वर्षीय पुष्पपारस रार्इ र सोही स्थानका १६ वर्षीय मिलन राइलार्इ बुधबार नियन्त्रणमा लिएको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए ।
उनीहरूको साथबाट पाँच सय ८८ एम्पुल लागूअौषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुवै लागूऔषध सेवनकर्ता तथा कारोबारी हुन् ।
पक्राउ परेका १४ वर्षीय पुष्पपारसको साथबाट फेरागन ५, जुपिजेसिक ५, हाइजेलाव ५ र सिरिन्ज एक थान बरामद भएकाे छ । प्रहरी जाँचका क्रममा उनीहरू झोला फालेर भागेका थिए ।
झोलाबाट १९६ एम्पुल फेनारगन, डाइजोल्याप १९६ तथा एम्पुल लुपिकजेसिक १९६ र सिरिन्ज २३ बरामद गरेको एसपी भट्टले जनाकारी दिए । सोही समूहका निर्जन खड्का फरार भएको उनीहरूको बयान छ ।
प्रहरीका अनुसार गत साउनदेखि हालसम्म लागूऔषधमा संलग्न एक सय ५३ जनाा पक्राउ र ८८ वटा मुद्दा दर्ता भइसकेकाे छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४