शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल समूहको प्रस्ताव : मापदण्डअनुसार क्रियाशील विवाद समधान गरौं, नयाँ कार्यकतालिका ल्याऔं

पौडेल समूहको प्रस्ताव : मापदण्डअनुसार क्रियाशील विवाद समधान गरौं, नयाँ कार्यकतालिका ल्याऔं

‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। पार्टीको वैधानिकता संकटमा छ। त्यसैले पार्टीको वैधानिकता कसरी रक्षा गर्ने भनेर छलफल भयो,’ नेता अर्जुननरसिंह केसीले भने।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवाद देखिएका ठाँउमा १३औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशन जानुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको समूहको छलफलले विवादित स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालको हो। 

‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। पार्टीको वैधानिकता संकटमा छ। त्यसैले पार्टीको वैधानिकता कसरी रक्षा गर्ने भनेर छलफल भयो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘अहिले देशव्यापी रूपमा क्रियाशील सदस्यतामा विवाद देखिएको छ। यो सबैभन्दा ठूलो समस्या हो। केन्द्रीय समितिले यसअघि विवादित ठाँउमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यलाई आधार मानेर अघि बढ्ने निर्णय गरेको थियो। त्यसलाई कार्यान्वयन गरेर अघि जानुपर्ने निष्कर्ष निकालेका छौं।’

पार्टीले बनाएको क्रियाशील छानबिन समितिले एकसाता अघि नै प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ। तर, प्रतिवेदनमा धुनषा–४, सर्लाही–२, अन्य दलबाट आएका नेता–कार्यकर्तासँगै सप्तरी र बाराको नयाँ तर्फका क्रियाशील विवाद मिल्न सकेको छैन। विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएपनि हालसम्म सहमति जुट्न सकेको छैन।  

क्रियाशील विवाद नमिल्दा असार ४ गते ल्याएको महाधिवेशनको कार्यतालिका समेत मिचिएको छ। तर, नयाँ कार्यतालिका हालसम्म आएको छैन। पौडेल समूहले तत्काल विवाद समधान गरेर नयाँ कार्यतालिका ल्याउन माग समेत गरेको छ।  

कतिपय ठाँउमा वडा सदस्यले नै क्रियाशील नपाएको र माथिल्लो तहबाट सदस्यता थप्ने काम भएको भन्दै असन्तुष्टि जनाएको छ। ‘कतिपय ठाँउमा वडा सदस्यले क्रियाशील सदस्यता नै पाएको छैन। माथिबाटै सदस्यता थप्ने काम भएको छ। यसरी भएका गतिविधि हामीलाई मान्य छैन,’ केसीले भने, ‘केन्द्रीय समितिले यस अघि भएका मापदण्डका आधारमा विवाद हल गरौं,’ उनले भने।

प्रकाशित: Aug 03, 2021| 17:26 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...