काठमाडौं- कोलकत्ता नाइट राइडर्सका वरुण चक्रवर्ती र सन्दीप वासियरलाई कोभिड–१९ पोजेटिभ देखिएपछि आजको कोलकत्ता र रोलय च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ।
अहमदाबादको निर्धारित खेल अर्को मितिमा सारिएको हो। इन्डियन समारमा प्रकाशित सामाग्री अनुसार उनी केही दिनअघि आईपीएलको बबलबाहिर आफ्नो काँधको स्क्यान गर्न गएका थिए।
त्यहीँबाट उनलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। तर चर्कवर्ती र वारियरबाहेक केकेआरका अन्य खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएको छैन।
आईपीएलको २०२१ सिजन सुरु भएयता खेलाडीमा पहिलो पटक कोभिड देखिएको हो। कोभिडको संक्रमण देखिएपछि केकेआरका खेलाडीले अब दैनिक रुपमा कोभिड–१९ टेस्ट गर्नुपर्ने भएको छ।
‘बाँकी खेलाडीलाई पनि कोभिडको शंका भएकाले अब कोलकत्ताका खेलाडीले दैनिक टेस्ट गर्नुपर्ने छ,’ आईपीएलले जारी गरेको सूचनामा भनिएको छ, ‘कोलकत्ताको मेडिकल टिमले पनि संक्रमणको अवस्थाको थप अध्ययन गर्नेछ।’
यससँगै आईपीएल आयोजकले उनीहरुलाई अहमदाबादको होटेलमा पूर्ण रुपले आइसोलेट हुन निर्देशन दिएको छ। अहिले केकेआर अंकतालिकाको सातौँ स्थानमा छ। उसले दुई खेलमा जित निकाल्दै ४ अंक बनाएको छ। अब उसले आउँदो मे ८ मा दिल्लीसँग खेल्नेछ।