सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अमेरिकन आइडलको टप सेभेनमा दिवेश पोखरेल

अमेरिकन आइडलको प्रतिस्पर्धामा पुनः सहभागी हुने मौका पाएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) टप सेभेन अर्थात् उत्कृष्ट सातमा पुगेका छन्। 
 |  सोमबार, वैशाख २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं– अमेरिकन आइडलको प्रतिस्पर्धामा पुनः सहभागी हुने मौका पाएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) टप सेभेन अर्थात् उत्कृष्ट सातमा पुगेका छन्। 

triton college

यसअघि आइडलको १८ औं संस्करणमा उपविजेता बनेका पोखरेल अहिले १९ औं संस्करणमा पनि टप सेभेनमा पुगेका हुन्। १८ औं संस्करणमा कोरोना भाइरसका कारण केही प्रतिष्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त अवसर पाएका थिएनन्।

त्यसैले आयोजकले यो संस्करणमा समेत अघिल्लो संस्करणका १० प्रतियोगीलाई भाग लिने मौका दिएको थियो। जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए।

अमेरिकन आइडलको टप सेभेनमा परेपछि दिवेशले सामाजिक सञ्जालमा फ्यान तथा आयोजकलाई धन्यवाद प्रकट गर्दै लेखेका छन्, ‘अमेरिकन आइडलमा पुनः सहभागी हुन पाउनु मेरो सपनाभन्दा परको कुरा थियो।’

प्रकाशित: May 03, 2021| 08:36 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्