सोमबार, असार २९, २०८३

१० राजदूतलाई यसकारण फिर्ता बोलाउँदै सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने तयारी थालेको छ । माओवादी कोटाबाट नियुक्त भएकाहरू भने यथावत् रहने भएका छन् । 

तत्कालीन एमाले र माओवादी गठबन्धनको अघिल्लो सरकारले नियुक्त गरेका १४ राजदूत शेरबहादुर देउवा नेतृत्वको सरकारले बदर गरेको थियो । र, उनीहरूका ठाउँमा नयाँ राजदूत पठाएको थियो । 

स्रोतका अनुसार स्थायी सरकार बन्ने अवस्थामा राप्रपा र कांग्रेसको कोटामा नियुक्त भएका राजदूतबाट सरकारको वास्तविक कार्यक्रम लागू हुन नसक्ने बताउँदै फिर्ता बोलाउन लागिएको हो।

स्रोतका अनुसार इज्जतसाथ फिर्ता आउन सरकारले १० राजदूतलाई अनौपचारिक सन्देश पठाइसकेको छ। तर, उनीहरूले अटेर गरिरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलगत्तै उनीहरूलाई फिर्ता बोलाउने सरकारी तयारी छ ।
 
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलगत्तै स्वदेश फर्काउने तयारी


दक्षिणकोरियाका अर्जुनजंगबहादुर सिंह, म्यानमारका भीम उदास, बंगलादेशका चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला र संयुक्त अरब इमिरेट्सकी आशा लामालाई स्वदेश फर्काउन लागिएको हो ।

यस्तै, राप्रपाको कोटामा जापानमा राजदूत बनेकी प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरञ्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा ओमनको राजदूत बनेकी शर्मिला पराजुली पनि फिर्ता बोलाउने सूचीमा छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।