शुक्रबार, कात्तिक २८, २०८२

कोभिड बिरामीका लागि मोटरसाइकल बेच्दै हर्षवर्धन

भारतमा कोरोनाको दोश्रो लहर फैलिएसँगै त्यहाँका सेलिब्रेटीहरू यतिखेर सहयोग अभियानमा जुटेका छन्।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडाैं - भारतमा कोरोनाको दोश्रो लहर फैलिएसँगै त्यहाँका सेलिब्रेटीहरू यतिखेर सहयोग अभियानमा जुटेका छन्। अक्षय कुमार, प्रियंका चोपडा, जोन अब्राहमलगायत दर्जनौं कलाकार कोरोनाविरुद्धको लडाइँमा सक्रिय देखिन्छन्। 

National life

यही क्रममा थपिएको अर्को नाम हो- अभिनेता हर्षवर्धन राणे। राणेले सोसियल मिडियामा एक पोस्ट गर्दै कोभिडका बिरामीका लागि आफ्नो मोटरसाइकल बेच्न तयार रहेको बताएका छन्। हर्षवर्धनले यो बाइक सन् २०१४ मा खरिद गरेका थिए । 

हर्षवर्धनले आफ्नो बाइक धुँदै गरेको एक फोटो सेयर गर्दै लेखेका छन्, ‘आफ्नो मोटरसाइकल दिइरहेको छु, ताकि गम्भीर बिरामीलाई अक्सिजन कन्सन्ट्रेटर दिन सकुँ। कृपया हैदरावादमा राम्रो कन्सन्ट्रेटर खोज्नमा मेरो मद्दत गर्नुस्।’

हर्षवर्धन पनि अक्टाेबर २०२० मा कोरोनाको सिकार भएका थिए। त्यतिबेला उनलाई आईसीयूमा भर्ना गर्नुपरेको थियो। चार दिनसम्म उनी अक्सिजनको सपोर्टमा थिए। 

हर्षवर्धन मात्रै होइन, अरू पनि कलाकार छन् जो आफ्नो सामर्थ्यअनुसार मद्दत गरिरहेका छन्। यसभन्दा अघि नै कन्नडका एक्टर अर्जुन गौडा एम्बुलेन्स चालक बनेर कोभिडका बिरामीको उपचारमा सक्रिय भइरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 03, 2021| 07:26 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्