बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रतिस्पर्धात्मक बन्दै एनएसएल : जितको भोका चितवन र विराटनगर भिड्दै

प्रतिस्पर्धात्मक बन्दै एनएसएल : जितको भोका चितवन र विराटनगर भिड्दै

चौथो चरणको खेल चल्दै गर्दा खेलहरू निकै दबाबपूर्ण बनेपछि शीर्षस्थानमा पुग्नका लागि पेचिलो प्रतिस्पर्धा जारी छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबारबाट चौथो चरणका खेल सुरु भएका छन्। ६ चरणमा हुने खेलमा शनिबार तेस्रो चरणका खेल सकिएका थिए।

National life

चौथो चरणको खेल चल्दै गर्दा खेलहरू निकै दबाबपूर्ण बनेपछि शीर्षस्थानमा पुग्नका लागि पेचिलो प्रतिस्पर्धा जारी छ। अर्थात् लिगमा अहिलेसम्म शीर्षस्थानमा पर्ने टिमको टुंगो लागेको छैन। 

आधा खेल सकिँदा शीर्ष चारमा पर्ने टिमको टुंगो लाग्न सक्ने अनुमान थियो। तर, जारी लिगका खेलहरू लगातार बराबरीमा रोकिँदा शीर्ष चार टिमको टुंगो लाग्न नसकेको हो।

यो लिगमा पछिल्ला पाँच खेलमध्ये चार खेल बराबरीमा रोकिएका छन्। गत बिहीबार सम्पन्न खेलमा ललितपुरले धनगढीसँग १–१ गोलको बराबरी खेल्यो।

त्यसको भोलिपल्ट शुक्रबारको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेले। यता धनगढीले शनिबारको पहिलो खेलमा चितवनविरुद्ध जित निकालेपछिका दुई खेल पुनः बराबरी भएका थिए।

Laxmi sunrise bank
kumari

शनिबारको दोस्रो खेलमा बुटबल लुम्बिनीले विराटनगरसँग २–२ गोलको बराबरी खेलेको थियो। त्यस्तै आइतबार पोखराले ललितपुरसँग गोलरहित बराबरी खेल्यो।

सरसर्ती हेर्दा प्रतियोगितामा १२ खेल सम्पन्न भए, जसमध्ये ६ खेलमा जितहार भए पनि बाँकी खेल बराबरीमै रोकिए।

खेल बराबरीमा रोकिनुलाई नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी खेलको स्तर बढेको बताउँछन्। उनका अनुसार धेरै प्रतिस्पर्धात्मक खेल हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यसले खेलाडीको स्तर विकास गर्न सहयोग गर्छ।

एनएसएलकै आज (सोमबार)को खेलमा विराटनगर सिटी फुटबल क्लब र चितवन फुटबल क्लब भिड्दैछन्।

यो खेल दुवै टिमका लागि निकै महत्त्वपूर्ण छ। किनभने विराटनगरले पहिलो खेलमा धनगढीविरुद्ध जित निकाले यता अर्को जित निकालेको छैन। पोखरासँग हार बेहोरेको थियो भने बुटबलसँग बराबरी खेलेको थियो। त्यसैले उसलाई शीर्ष चारमा कायम रहन जित अत्यावश्यक छ।

यता चितवन तालिकाको पुछारमा छ। भरत खवास, विकास खवासलगायत केही विदेशी खेलाडीलाई चोटले सताएपछि उसले जित निकान्न सकेको छैन। तीन खेलबाट दुई बराबरी र एक हार बेहोरिसकेको छ।

उसले सुरुआती दुई खेल बराबरी खेल्यो भने तेस्रो खेलमा हार बेहाेर्‍यो। यसकारण दुई अंकका साथ चितवन पुछारमा छ।

आज साँझ साढे ५ बजे हुने खेलमा यी दुई टिम नै बिग्रिएको लयलाई सुधार गर्दै जित निकाल्ने लक्ष्यमा केन्द्रित हुनेछन्।
 

प्रकाशित: May 03, 2021| 07:02 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।