शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • फेक न्यूजले आजित इलियाना : सुसाइड र प्रेग्नेन्सी अफवाहबारे बल्ल बोलिन्

फेक न्यूजले आजित इलियाना : सुसाइड र प्रेग्नेन्सी अफवाहबारे बल्ल बोलिन्

बलिउड सेलिब्रेटीहरू फिल्मभन्दा ज्यादा व्यक्तिगत जीवनसँग जोडिएका खबरले चर्चामा रहन्छन्। खबरसँगसँगै कहिलेकाँही यस्ता अफवाह पनि चल्छन्, जसले उनीहरूलाई आजित बनाउँछ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

बलिउड सेलिब्रेटीहरू फिल्मभन्दा ज्यादा व्यक्तिगत जीवनसँग जोडिएका खबरले चर्चामा रहन्छन्। खबरसँगसँगै कहिलेकाँही यस्ता अफवाह पनि चल्छन्, जसले उनीहरूलाई आजित बनाउँछ।

National life

इलियाना डिक्रुजसँग पनि केही समययता यस्तै भइरहेको छ। केही महिनाअघि उनको ‘प्रेग्नेन्सी’ र ‘सुसाइड’को खबर यसरी फैलियो कि उनी आफै चकित भइन्। तर, यस्ता अफवाहबारे उनी सधैँ मौन थिइन्। 

तर, हालै बलिउड हंगामासँगको बातचितमा उनले यस्ता फेक न्यूज र अफवाहबारे आफ्नो प्रतिक्रिया दिएकी छिन्। ‘एउटा यस्तो खबर थियो जहाँ म प्रेग्नेन्ट भएकी थिएँ, पछि अर्बोसनसम्म गराएँ। यो खबरले मलाई निकै दुःखी बनाएको थियो। साँच्चै भन्नुपर्दा हामीकहाँ केही मान्छेहरू यस्तै कुरामात्रै लेख्छन्। यो पुरै बेतुक हो।’

सन् २०१८ मा इलियाना गर्भवती भएको खबर फैलिएको थियो। त्यतिबेला उनले सोसियल मिडियामा एक तस्बिर पोस्ट गर्दै लेखेकी थिइन्, ‘नट प्रेग्नेन्ट’।

त्यस्तै इलियानाले अर्को सुसाइडको अफवाहबारे समेत बोलेकी छिन्। ‘एकपल्ट मैले सुसाइड प्रयास गरेको खबर चल्यो। यसले पनि मलाई दुःखी बनाएको थियो। मैले सुसाइड गरेकी थिएँ, तर बाँचे रे। अनि मेरा कामदारले यो खबरको पुष्टि गरिन् रे। जबकी मेरो घरमा कोही कामदार नै छैनन्, न मैले कहिल्यै सुसाइडको प्रयास नै गरेँ। म जिउँदै थिएँ। तर, न्यूज लेख्नेलाई यसको कुनै अर्थ रहेन। अचम्म लाग्छ, त्यस्ता मिडियाले त्यस्तो स्टाफ कहाँबाट पाउँछन्।’

Laxmi sunrise bank
kumari

साउड इन्डियन फिल्ममा जमेपछि बलिउडमा जमेकी इलियानाले ‘बर्फी’, ‘मै तेरा हिरो’, ‘रुस्तम’ आदि फिल्ममा काम गरेकी छिन्। हालै अभिषेक बच्चनको जोडी बनेर ‘द बिग बुल’मा देखापरेकी छिन् जसको कथा स्टक मार्केटिङमा आधारित छ।

प्रकाशित: May 03, 2021| 06:56 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्