बिहीबार, माघ ८, २०८२

शेफिल्डविरुद्ध बेलको ह्याट्रिक

वेल्सम्यान ग्यारेथ बेलले आइतबार राति ह्याट्रिक गरेसँगै प्रिमियर लिगको विभिन्न खेलमा ५१ गोल गरेका छन्। उनले गएरातिको खेलमा पनि ह्याट्रिक गर्दै शेफिल्ड युनाइटेडविरुद्ध टोटेनहम हट्स्परलाई जित दिलाएका थिए।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं – वेल्सम्यान ग्यारेथ बेलले आइतबार राति ह्याट्रिक गरेसँगै प्रिमियर लिगको विभिन्न खेलमा ५१ गोल गरेका छन्। उनले गएरातिको खेलमा पनि ह्याट्रिक गर्दै शेफिल्ड युनाइटेडविरुद्ध टोटेनहम हट्स्परलाई जित दिलाएका थिए।

National life

बेलले खेलको ३६, ६१ र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। उनका लागि सर्ज औरियरले ३६औं मिनेट र ६९औं मिनेटमा पास उपलब्ध गराएका थिए। दोस्रो गोल भने उनले कोरियल स्टार सन ह्युङ मिनको पासमा गरेका थिए।

उनको तीन गोल र मिनको एक गोलसँगै टोटेनहमले शेफिल्डमाथि ४–० गोलको जित निकालेको थियो।

उनले प्रिमियर लिगमा लगातार खेल्न पाउँदा खुसी भएको बताएका छन्। ‘जहाँ अवसर आउँछ हामीले त्यसको सदुपयोग गर्नु पर्दछ,’ उनले भने, ‘मलाई धेरै खेल खेल्नुपर्ने छ र खेलको गति कायम राख्नु छ। अहिले म त्यही गरिरहेको छु। म निकै खुसी छु, जब म खुसी हुन्छु राम्रो खेल्न सक्छु।’

त्यस्तै टोटेनहम हट्स्परका अन्तिरिम प्रशिक्षक रियन मसोनले खेलमा बेले आफ्ना क्षमता नगुमाएको बताएका छन्। ‘फाइनल थर्डमा उनले आफूलाई सावित गरेका छन्। उनी विश्वस्तरिय खेलाडी हुन्। जुन उनले हरेक वर्ष प्रमाणित गर्दै आइरहेका छन्,’ उनले भने।

Laxmi sunrise bank
kumari

उनले थपे, ‘सबैभन्दा मनपर्ने कुरा उनको एटिच्युड हो। र, उनको रनिङ पनि हो। उनको गति हेर्दा थाहा हुन्छ कि उनले आज पक्कै केही गर्नेछन्।’
गएरातिको बेलको ह्याट्रिय प्रिमियर लिगमा २०१२ पछि उनको दोस्रो ह्याट्रिक मात्र हो। त्यतिबेला उनले एस्टन भिल्लाविरुद्ध ह्याट्रिक गरेका थिए।

प्रकाशित: May 03, 2021| 03:10 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।