काठमाडौं – आइतबार रातिको खेलमा एटलान्टा ससुअलोसँग १/१ गोलको बराबरीमा रोकिएपछि इटालियन सिरी ए को उपाधि इन्टर मिलानले जितेको छ।
शीर्षस्थानमा १३ अंकका अग्रता बनाएको इन्टर मिलानसँग पछि पर्दै एसी मिलानको उपाधि दौड चार खेलअघि नै सकिसकेको थियो।
यता गणतिय हिसाबले तेस्रो स्थानको एटलान्टाको भने उपाधि दावेदारी बाँकि नै थियो। तर, आइतबर रातिको खेलमा उसले जित निकाल्न नसकेपछि इन्टर मिलाने सिरी ए को उपाधि १९औं पटक जितेको हो।
१९०८ मा इटालिको मिलानमा स्थापित क्लबले १९ लिग उपाधिसहित अन्य घरेलु उपधिसहित कूल ३० राष्ट्रिय तथा अन्तराष्ट्रिय उपाधि जितिसकेको छ। तीन पटक युरोपियन च्याम्पियन्स लिग जितेको मिलान एक क्लब विश्वकप पनि जितेको छ।
यो मिलानका प्रशिक्षक एन्टोनि कोन्टेको अर्को सफलता हो। उनी क्लबमा गएको वर्ष मिलान युरोपा लिगको फाइनलमा पुगेको थियो।
तर, खेलको अन्ति समयमा आत्मघाति गोल गरेपछि मिलानले जित निकाल्न सकेको थियो। त्यस्तै, गएको सिजन पनि इन्टर मिलान सिरी एको दोस्रो स्थानमा रहेको थियो। उ शीर्षस्थानको युभेन्टसभन्दा मात्र एक अंककले पछि थियो।
युभेन्टसले २०१२ बाट लगातार लिग उपाधि जित्दै आइरहेकोमा यो वर्ष भने इन्टर मिलानले उपाधि जितेको छ। यससँगै इन्टरले युभेन्टसको दबदबालाई पन्छाएको छ।
यद्यपी युभेन्टसले यो सिजनमा खराब प्रदर्शन गरेपछि क्लबल तालिकाको तेस्रो स्थानमा छ। गएरातिको खेलमा एक अंक जोडेका एटलान्टा तालिकाको दोस्रो स्थानमा छ भने एसी मिलान चौथो स्थानमा पुगेको छ। यद्यपी एटलान्टा, युभेन्टस र एसी मिलनमा समान ६९ अंक छ।
चार खेल बाँकि रहँदा इन्टरले ८२ अंक बनाएको छ।