शुक्रबार, असार २६, २०८३

दिल्ली आईपीएलको शीर्षस्थानमा

पञ्जाब किंग्सलाई सात विकेटले हराउँदै दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं – पञ्जाब किंग्सलाई सात विकेटले हराउँदै दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ।

आइतबार राति अहमदाबादको नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा सहज जित निकाल्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो।

दिल्लीको जितका लागि शिखर धवनले सर्वाधिक ६९ रन प्रहार गरे भने पृथ्वी शले ३९ रनको योगदान दिए। स्टिभ स्मिथले २४ र ऋषभ पन्तले १४ रन जोडे।

पञ्जाबका रेलिय मेरेडिथले, क्रिस जोर्डन र हरफ्रि ब्ररले समान १/१ विकेट लिएको खेलमा १४ बल बाँकि रहँदै दिल्लीले निर्धारित १६७ रनको लक्ष्य पुरा गरेको थियो।

दिल्लीले सो लक्ष्य प्रप्तिका लागि तीन विकेटको क्षति बेहोर्‍यो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १६६ रन बनाएको थियो।

पञ्जाब मयंक अग्रवालले अविजित ९९ रन बनाए। प्रभसिमरन सिंहले १२, क्रिस गेलले १३ र डेबिड मलनले २६ रन मात्र जोड्न सके। यता दिल्लीका कागिसो रबडाले तीन विकेट गिराउँदा अभेष खान र अक्षर पटेलले समान १/१ विकेट लिए।

यो जितसँगै दिल्लीले आठ खेलबाट १२ अंक जोडेको छ। यससँगै दिल्ली प्ले अफको निकै नजिक पुगिसकेको छ। आठ खेलमा जित निकाल्न सके कुनै पनि टिमको प्ले अफमा जाने सम्भावना प्रबल रहन्छ।

जारी आईपीएलमा दिल्ली सो लक्ष्यबाट दुई खुड्किला पछि छ। यता पराजित पञ्जाब भने ६ अंकका साथ छैटौं स्थानमा छ।

प्रकाशित: May 03, 2021| 02:01 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।